अम्मरराज आचार्य, घोराही, चैत ६ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा आइतबार खुल्ला कविता प्रतियोगीता भएको छ ।
प्रतियोगीतामा सृर्जना शर्मा प्रथम, ऋतु खनाल द्धितिय, केशवराज देवकोटा तृतिय, निमबहादुर थापा सान्त्वना भए । पहिलो चरण बाट छनोट भएकालाई दोस्रो चरण जाने अवशर दिइएको थियो ।
प्रतियोगिताका निर्णायकहरुमा दीपक शर्मा (समिर) , भुवन देवकोटा (शरद) , खगराज न्यौपाने, केशव थापा, डा. हिमलाल पन्थी र हरिप्रसाद पोख्रेल रहेका थिए ।
प्रतियोगिताका विजेतालाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । लुम्विनी प्रदेश स्तरीय उद्योग वाणिज्य संघहरु बस्च लोक दोहोरी प्रतियोगीता पनि सञ्चालन हुँदै आएको छ ।
सोमवार चर्चित गायक प्रमोद खरेल, कृष्ण काफ्ले, रीया घले, अनु राना मगर, सुनिता अधिकारी, सगुन थापा, शरद समिप, देवेन्द्र वस्नेत, शषी शर्मा मजगंैया लगाएतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढदै गएको आयोजकको दाबी छ । प्रचण्ड गर्मीको प्रवाह नगरि सर्वसाधारण रमाउने स्थल पर्दशनी बनेको छ ।
प्रदर्शनीको एघारौ दिनपनि साँझ सम्म दर्शकको उल्लेखनिय सहभागिता रहेको थियो । प्रदर्शनीमा दैनिक सर्वसाधारणको सहभागिता वढदै गएको मुल आयोजक समितिले जनाएको छ ।
जहाँ सर्वसाधारण आफुलाई आवस्यक पर्ने सामाग्रीहरु खरिद गर्न ब्यस्त हुन्छन् ।
प्रदर्शनीमा आएका राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारलाई दर्शकदिर्घाबाट संगसंगै नाचेर वा गायर सर्वसाधारणले. साथ दिदै आएका छन् ।
दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट व्यवस्था गरिएको छ ।
आइतवार शिव परियार, सन्दिप न्यौपाने, रीता रावत, मालती घले, प्रेम विवस घर्ती, टोपेन्द्र विष्ट, उमादेवी खनाल साथै अन्य कलाकारहरुको प्रस्तुती राखेका थए ।
प्रदर्शनीमा बालवालिका लागि बाल उद्यान राखिएको. छ । बाणिज्य संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ ।
प्रदर्शनीमा ५ लाखले अवलोकन गराउने र २० करोड बढीको कारोवार गर्ने लक्ष्य आयोजकले लिएको छ । प्रदर्शनीमा दैनिक धार्मिक पूजा पाठ तथा अखण्ड दस्प प्रज्वलन हुँदै आएको छ ।