२०८२ बैशाख ११ गते बुधवार

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

दाङ, चैत ६ । सल्यानमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

जिल्लाको खलंगाबाट श्रीनगरतर्फ आउँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकले शनिबार राति ९ बजेतिर ठक्कर दिदा पैदल यात्रु शारदा नगरपालिका १ पट्नेरीका २५ वर्षीय दिपेश डाँगी गम्भीर घाइते भएका थिए ।

सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले घाइते डाँगीको उपचारका क्रममा दाङको तुसलीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जानकारी दिए ।

मोटरसाइकल चालक सामान्ने घाइते रहेको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैबीच आइतबार बिहान मृतकका परिवारलाई तत्काल किरिया खर्च बाफत ५० हजार क्षतिपूर्ती उपलब्ध गराउने सहमति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *