२०८१ चैत्र १३ गते बुधवार

रास्ट्रपति रनिङ शिल्ड सुरु


लक्ष्मण बस्नेत,तुलसीपुर, चैत २ । दङ्गिशरण गाउँपालिका स्तरिय चौथो तथा १४औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ मंगलवार देखि सुरु भएको छ ।

दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मा.बि. हेकुलीको संयोजनमा संचालित प्रतियोगिताको उद्घाटन लुम्विनि प्रदेस सांसद धमकली चाैधरीले पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै सांसद चाैधरीले बालबालिका को सर्वाङ्गिण बिकासको बलियो आधार स्तम्भ खेलकुद भएकाले बिधालय स्तर बाटै खेलकुद को बिकासमा लाग्नु पर्ने बताइन ।

खेल बालबालिकाहरुकाे शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने एक शसक्त माध्यम हो, शिक्षा संग संगै खेलकुद लाई पनि प्राथमिकतामा राख्न सके स्वस्थ नागरिक उत्पादनमा टेवा पुग्ने उनको भनाई थियो ।

दङ्गिशरण गाउँपालिकाका अध्यक्ष भागी राम चाैधरिले बिधार्थिहरुकाे क्षमता अभिवृद्धि का लागि खेलकुद को महत्व लाई सबैले बुझ्न तत्कालको आबश्यक्ता रहेकाे बताए ।

शिक्षण सिकाइ कृयाकलापमा खेल पनि एक महत्वपुर्ण सिकाइ हाे जसले शारीरिक रुपमा विधार्थिकाे क्षमता बढाउने गर्छ त्यसैले हरेक विधालयले खेलकुदलाई पनि प्राथमिक्तामा राख्नुपर्ने उनले बताए ।

यस्तै उपाध्यक्ष पिमा कुमारि खड्काले जिवन उपयोगी खेललाई जिवन पर्यन्त सम्म लग्नुपर्ने बताइन ।

उनले राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताले बिधार्थिहरुमा खेल प्रतिकाे रुचि अझ बढाएकाे बताइन ।

विरेन्द्र मा.बि. हेकुलिका प्रधानाध्यापक खिमराज खनालकाे स्वागत मन्तब्य रहेको उद्घाटन कार्यक्रमकाे सहजिकरण दङ्गिशरण गाउँपालिका शिक्षा शाखा प्रमुख विनाेद अधिकारीले गरेका थिए ।

यसैबिच मंगलवार सम्म भएका एथलेटिक्स तर्फका ईभेन्ट्समा सिद्ध पृथ्वी माबी श्रीगाउ ४ स्वर्ण,२ र १ कास्य पदकका साथ अग्रस्थानमा रहेको छ ।

त्यस्तै बिरेन्द्र माबी हेकुली ३ स्वर्ण,२ रजत र १ कास्य हात पार्दै दोश्रो स्थानमा रहदा ज्ञानोदय ईग्लिस बोर्डिङ स्कुल सरुवाडाडा १ स्वर्ण र २ कास्य पदकका साथ तृतिय स्थानमा रहेको प्रतियोगिताका सचिवालय संयोजक सदस्य प्रदिप चन्दले जानकारी दिएका छन ।

जारी प्रतियोगितामा शुक्रबार बिहान २००,८०० मिटर छात्र/ छात्रा दौड,कबडी, भलिबल लगाएत खेलहरु हुनेछ्न ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा दङ्गिशरण गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजि गरि ८ बिधालयको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिधालय लाई क्रमशः २०,१५, र १० हजार पुरस्कार राशी हात पार्ने दङ्गीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्राबिधिक सहायक उमा केसिले जानकारी दिइन ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *