२०८१ चैत्र ३ गते आइतवार

माेटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु


दाङ, फागुन २५ । दाङमा माेटरसाईकल दुर्घटना हुदा एकजनाकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी ३५ वर्षिय नरेन्द्र जिसि रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलबार बेलुका ९ बजे लमहीबाट भालुवाङ् जादै गरेको रा ६ प ६८५९ नम्बरको माेटरसाइकल र भालुवाङ् देखि लमहीतर्फ आउँदै गरेको बा १० च २५८१ नम्बरको कार लमही नगरपालिका वडा नम्बर ३ छम्पाली पेट्रोल पम्प नजिकै एक आपसमा ठाेक्किदा माेटरसाइकलमा सवारी नरेन्द्र जिसिकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।

ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा रहेकाे र फरार चालकको खाेजिकार्य तिब्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *