२०८२ साउन ४ गते आइतवार

श्रमिक महिला दिवस ः तुलसीपुरमा ९ जना अटोचालक महिला सम्मानित

तुलसीपुर,फागुन २४ । ११२औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस दाङ लगायत देशैभर विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ । दिवसको अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकाले पनि ‘‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चिता’’ भन्ने नाराका साथ श्रमिक महिला दिवस मनाएको छ । श्रमिक महिलाको मुल्यांकन गर्दै यस वर्ष तुलसीपुरमा अटो चलाउने अटो चालक महिलालाई सम्मान गरेको छ । दिवसको अवसरमा उपमहानगरले तुलसीपुरमा अटो चलाउने नौं जना महिलालाई सम्मान गरेको छ । त्यसअवसरमा निमा विक, टंकी नेपाली, पुष्पा श्रेष्ठ, शारदा खड्का, पुष्पा योगी, मिना छन्त्याल, बिमला अधिकारी, दुरुपता विक, बिमला विक सम्मानित भएका छन । आफ्नो कामको मुल्यांकन गरेर उपमहनगरपालिकाले सम्मान गरेकोमा थप काम गर्न उत्साह, हौसला थपेको अटो चालक महिलाहरुको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समितीका संयोजक कुमार लामिछानेको अध्यक्षतामा भएको तथा नगर उपप्रमुख माया आर्चायको प्रमुख आथित्यता एवं प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

त्यस अवसरमा महिला हिंसाविरुद्धका नाटक, कविता, नृत्य लगाएत प्रस्तुत गरिएको थियो । तुलसीपुर न्यायिक समिती सदस्य यमुना परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले गरेकी थिइन ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *