२०८१ चैत्र ९ गते शनिवार

बाँकेमा पेस्तोल र ब्राउन सुगरसहित ३ युवा पक्राउ


दाङ, फागुन २३ । बाँकेका तीन युवा स्वचालित पेस्तोल र ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

खजुरा गाउँपालिका वडा नम्बर १ स्थित रवीन्द्र थापाको घरबाट उनीहरु पक्राउ परेका हुन ।

२५ वर्षीय रवीन्द्र थापा, खजुरा २ का २७ वर्षका मनिष थापा र नेपालजञ्ज १३ का २८ वर्षका सुरेश रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिए ।

उनीहरुको साथबाट सेतो प्लास्टिकमा बेरेर राखेको ९० ग्राम ब्राउन सुगर र घरमा लुकाइराखेको अवस्थामा स्वचालित पेस्तोलपनि बरामद भएको डिएसपी न्यौंपानेले बताए ।

उनीहरूलाई ब्राउन सुगर सेवन गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी राधापुरका प्रमुख प्रहरी नायब निरीक्षक रवीन्द्र बमको नेतृत्वमा खटिएको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *