२०८१ साउन ५ गते शनिवार

राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरुले लिए शपथ

काठमाण्डौ,फागुन २१ । राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन ।

सिंहदरवारमा रहेको संसद सचिवालयमा भएको कार्यक्रममा उनले नवनिर्वाचित सांसदहरुलाई संघीय संसदको लोगो पनि प्रदान गरे । गएको माघ १२ गते राष्ट्रिय सभाका १९ जना सदस्यका लागि चुनाव भएको थियो ।

चुनावमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत, कमल पन्त, युवराज शर्मा, नारायणदत्त मिश्र र दुर्गा गुरुङ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै नेकपा (माओवादी केन्द्र)बाट उर्मिला अर्याल, सुरेश आलेमगर, नरबहादुर विष्ट, भुवनबहादुर सुनार र जगतबहादुर पार्की निर्वाचित भएका थिए ।

नेकपा (एकीकृत समाजवादी) बाट जयन्ती राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, मदनकुमारी शाह र उदयबहादुर बोहोरा निर्वाचित भएका थिए ।

यस्तै नेकपा (एमाले) बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *