तुलसीपुर,फागुन १९ । “सामाजिक न्याय र लैगिंक समानता ः दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइने भएको छ ।
विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आइएको अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा तुलसीपुर उपमहानगरपालिकाले महिला अटो चालकहरुलाई सम्मान गर्ने भएको छ ।
दिवसको पुर्व सन्द्ययामा बुधवार तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले आयोजना गरेको समन्यात्मक छलफल कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
त्यस अवसरमा श्रमिक महिलाहरुको प्रोत्साहनका लागि अटो चालक ९ जना महिलाहरुलाई सम्मान गर्ने,बालविवाह बिरुद्धको नाटक प्रस्तुतसगै विभिन्न कार्यक्रमहरु गर्ने निणर्य भएको महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठले बताइन ।
उनका अनुसार यस वर्ष विगतका वर्षहरुमा झै ¥याली÷जुुलुस कार्यक्रमहरु गरिने छैन् ।
तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखाका संयोजक कुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बाल अधिकार समिति संयोजक नवराज लामिछाने,न्यायीक समिति सदस्य यमुना परियार,ओरेक दाङका कल्पना चौधरी,तुलसीपुर उद्योग वाणिज्य सघंका सदस्य दिपेश भण्डारी,दलित महिला सघं दाङका अध्यक्ष युवा कररा,दिदिघर संस्थाका स्थानी चौधरी,शृजना महिला समुहका अध्यक्ष ज्ञानु केसी लगाएतले श्रमिक महिलाहरुको हक र अधिकारका विषयमा थुप्रै कार्यक्रमहरु भएपनि अहिले पनि पुरुष र महिलामा असमानता यथावत रहेका बताउँदै बास्तविक श्रमिक महिलाहरुलाई छुने गरि दिवस मनाउनुपर्ने बताए ।
त्यस अवसरमा महिला बालबालिका तथा सामाजिक विकास शाखाको नेतृत्वमा कार्यक्रम तयारी समिति गठन गरिएको छ । समितिमा महिला बालबालिका शाखा, तुलसीपुर न्यायीक समिति,ओरेक नेपाल,अपागं महिला समुह,दलित महिला सघं, सृजना महिला समुह,बेस,मिडिया लगाएत महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरु रहेका छन ।