२०८१ चैत्र ६ गते बुधवार

लैगिक अल्पसंख्यक: सरकारसंग आफ्नो पहिचानको माग

तुलसीपुर,फागुन १५ । यौनिक तथा लैगिक अल्पसंख्यक नागरिकहरुले सरकारसंग आफ्नो पहिचानको माग गरेका छन ।

समाबेशी मञ्च नेपालको आयोजना तथा एलायन्स फर सोशियल डायलकको सहयोगमा आईतवार तुलसीपुरमा आयोजित स्थानीय र प्रदेश स्तरिय सरकारलाई समाबेशी र संबेदनसिल रहनका लागि यौनिक तथा लैगिक अल्पसंख्यकहरुको पक्षमा नीति निर्माण बिषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अन्य नागरिक सरह घर-परिवार समाजमा सहज तरिकाले जिवनयापन गर्न पाउनु पर्ने बताए ।

त्यस अबसरमा उनीहरुले आफुहरु प्रतिको दृष्टिकोण कहिले परिवर्तन हुन्छ भन्दै प्रश्न गर्दै यसतर्फ सरकार समेत संवेदनशिल वन्न नसकेको भन्दै गुनासो समेत ब्यक्त गरे ।

समाबेशी मञ्च नेपालका अध्यक्ष बद्री पुनको अध्यक्षता तथा तुलसीपुर उपमहाँनगरपालिका वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यता एब वडा नम्वर ५ का अध्यक्ष विरेन्द्र शाहको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी लामिछानेले यौनिक तथा लैङ्गीक अल्प सङ्ख्यक नागरिकहरुको हक अधिकार सुनिश्चितताका लागी स्थानीय सरकार गंम्भिर रहेको बताए ।

उनले मानिसको वाँच्न पाउने अधिकार लाई कसैले पनि मार्न नसक्ने भन्दै उनीहरुको न्यायका लागि हरदम तयार रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथी शाहले संविधानमा लेखिएका र निर्माण भएका कानुनहरु व्यवहारमा कार्यान्वयन हुन नसक्नु दुखद पक्ष भएको वताउदै यसतर्फ स्थानिय सरकारले परिवर्तनकारी भुमिका निर्वाह गर्न सहयोगी भुमिका खेल्ने बताए ।

सो अवसरमा वडा न ७ का सहस्य चित्रा मल्ल,६का सदस्य यमुना परियार,५ का सदस्य सावित्रा गरुङ,मधु सुनार लगाएतले राज्यको हरेक मुलधारमा यौनिक तथा लैगिक अल्पसंख्यक नागरिकहरुकोे समान सहभागीता हुनुपर्नेमा जोड दिएका थिए ।

समावेसी मञ्च नेपालका सह-सचिव अस्तु पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सोनु मुखियाले गरेकी थिइन ।

त्यस अबसरमा प्रस्तुत तथ्याङ अनुसार अहिले नेपालमा कुल जन संख्या मध्य ५ प्रतिशत यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यक ंनागरिकहरु छन ।तर सरकारले यी समुदायहरुको यकिन संख्या निकालेको छैन ।

हालसम्म यी समुदायका १ सय ५० जनाले नागरिकता प्राप्त गरेको बताइएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *