२०८१ साउन ६ गते आइतवार

एन प्याव्सन दाङमा केन्द्रिय महाधिवेशनको चहलपहल शुरु


तुलसीपुर , फागुन १४ । नेशनल प्याव्सन दाङकाे वैठक अाज सम्पन्न भएको छ ।
नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गाैतमकाे अध्यक्षतामा सम्पन्न भएको वैठकले यहि फागुन २२ र २३ गते वाकेकाे नेपालगञ्जका हुन लागेकाे साताै महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेकाे छ ।

छिमेकि जिल्लामा हुन लागेकाे एेतिहासिक महाधिवेशन लाई भव्य एवम उत्साहजनक रुपमा सम्पन्न गर्न सवै खाले सहयाेग गर्ने निर्णय गरेकाे छ ।

त्यसैगरि वैठकले सडक मार्ग भएर पुर्व वाट अाउने सहभागिहरुलाई स्वागत गर्नका लागि दाङकाे भालुवाङमा स्वागत द्वार निर्माण गर्ने निर्णय गरेकाे छ भने अधिवेसनका लागि जिल्लाका सवै विद्यालयवाट १-१ जना प्रतिनिधि फागुन २१ गते जिल्ला अध्यक्ष विमल गाैतमकाे नेत्रृत्वमा नेपालगञ्ज जाने निर्णय गरेकाे छ ।

महाधिवेशनमा दाङवाट केन्द्रीय महासचिवमा सुवाेध कुमार डागि , केन्द्रीय सदस्यमा प्रकास कुमार शर्मा र भिम वहादुर वुढाथाेकि लाई उम्मेदवार वनाउने निर्णय गरेकाे छ ।

त्यस्तै प्रदेश सचिवमा टाेपेन्द्र खनाल , प्रदेश सदस्यमा नरेश अाचार्य र दिपक यादव लाई उम्मेद्वार वनाउने निर्णय भएको सचिव ठाकुर डागिले बताए । साथै वैठकले केन्द्रीय तालिका अनुसार चैत्र २ गते देखि सेण्डअप परीक्षा संचालन गर्ने, वैशाख पहिलाे साता देखि वार्षिक परीक्षा संचालन गरि वैशाख महिना भित्र नतिजा समेत सार्वजनिक गर्ने निर्णय गरेकाे छ ।

वैठकमा अध्यक्ष विमल गाैतम , केन्द्रीय सदस्य प्रकास कुमार शर्मा , प्रदेश सदस्य टाेपेन्द्र खनाल, नरेश अाचार्य , उपाध्यक्ष भुमाण्डव केसि , भाेजराज न्याैपाने,सचिव ठाकुर प्रसाद डागि लगायतले अा अाफ्नाे धारणा राखेका थिए ।

वैठककाे सहजिकरण सह सचिव विक्रान्त ज्ञवालिले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *