२०८२ असार ९ गते मङ्गलवार

नेशनल बाथरोग सेन्टरको तुलसीपुरमा सेवा विस्तार

तुलसीपुर,फागुन ८ । नेशनल बाथरोग सेन्टर काठमाडौँले दाङको तुलसीपुरमा आफ्नो सेवा सुरु गरेको छ । कान्तिपुर आथ्रोईटीस एण्ड रुमाटिजम प्रा.लि तुलसीपुरको सहकार्यमा नेशनल बाथरोग सेन्टरको सेवा बिस्तार गरिएको हो ।


शाखाको आइतवार एक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले उद्धघाटन गरेका हुन ।

काठमाडौंको रातोपुलबाट शुरु भएको नेशनल बाथरोग सेन्टरको सेवा यात्रा पुलचोक ललितपुर,भक्तपुर,भरतपुर÷चितवन,मुस्ताङ् चोक पोखरा हुदै दाङ तुलसीपुरको बिपी चोकसम्म बिस्तार भएको छ । सेन्टरको तुलसीपुरको ७ औँ शाखा हो ।

बाथरोगको समस्या भएका व्यक्तिहरुलाई आफ्नै घरदैलोमा सेवा दिने उद्देश्य सहित शाखा विस्तार गरिएको सेन्टरका निर्देशक रोशन कक्षपतिले बताए । तुलसीपुरबाट प्रदान गरिने बाथ रोग पहिचान र उपचार सेवा राजधानीबाट प्रदान गरिने सरहको हुने उनले दावी गरे ।

बाथ रोग उपचार सेवा हरेक जिल्लामा पुग्नुपर्छ भन्ने हाम्रो महत्वकांक्षी योजना हो,उनले भने,‘त्यसैले हरेक वर्ष एउटा जिल्लामा बाथरोग सेन्टर स्थापना गर्ने संकल्पका साथ अघि बढेका छौं ।’

कान्तिपुर आथ्रोईटीस एण्ड रुमाटिजम प्रा.लिका मेनेजिङ डाइरेक्टर शिव क्षेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भण्डारीले नेशनल सेन्टरको तुलसीपुरमा शाखा विस्तार भएसगै यहाँका बिरामीहरु उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको भन्दै खुसी व्यक्त साटे ।

निम्न आयस्तर भएका बाथरोगीहरु उपचारका लागी जिल्ला बाहिर जान नसक्दा अकालमै ज्यान गुमाउन बाध्य थिए,भण्डारीले भने,‘अब भने त्यो समस्याबाट मुक्त हुनेछन । उनले सुलभ र गुणस्तरीय रुपमा शाखा सञ्चालन गरेर सेवाग्राहीलाई सेवा प्रदान गर्न आग्रह समेत गरे ।

कार्यक्रममा नेशनल बाथरोग सेन्टरका बाथरोग विशेषज्ञ डा.विनित वैद्यले बाथरोगको उपचार काठमाडौंमा मात्रै नभई नेपालभर फैलाउने र बाथरोग सम्बन्धी दक्ष जनशक्तिको देशभर विकेन्द्रीकरण गर्ने उद्देश्यका साथ सेवा विस्तार गरिएको बताए ।

उनका अनुसार यो रोग १५ वर्ष देखि ४५ वर्ष उमेरसमुहका मानिसहरुमा बढी देखिने गरेको छ । बाथरोगीहरुमा हातका औलाहरु दुख्ने वा सुनिन्ने,राती र बिहानको समयमा ढाड दुख्ने,घुडा दुख्ने सुन्निने,पाइतला पोल्ने÷झम्झमाउने,चिसोमा काम गर्दा हातखुट्टा निलो हुने,जिउ गल्ने र छिटो–छिटो थकाम हुने जस्ता लक्षणहरु देखा पर्ने डा.बैद्यले बताए ।

साथै उनले बाथरोग एक खतरनाक बिरामी भएकोले यसको उपचार लक्षण सुरु भएको ३ महिनाबाट १ वर्षभित्र गरिएमा यसबाट हुने नकारात्मक असरलाई न्युनीकरण गर्न सकिने समेत जानकारी दिए ।

सेन्टरका प्रबन्ध निर्देशक रमेशकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सेन्टरका पवित्रा कार्कीले गरेकी थिइन ।

यसैबिच त्यसअवसरमा तुलसीपुर–६ गाइडरमा रहेको मानव सेवा आश्रममा ११ हजार नगद सहित ५० केजि चामल र १० केजि दाल सहयोग गरिएको कान्तिपुर आथ्रोईटीस एण्ड रुमाटिजम प्रा.लिका मेनेजिङ डाइरेक्टर शिव क्षेष्ठले जानकारी एि ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *