२०८१ चैत्र ६ गते बुधवार

एक वर्षमा ६२८५ मानवअधिकार उल्लघंनका घटना

काठमाडौं,फागुन ७ । नेपालमा सन् २०२१ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाबाट ६ हजार २ सय ८५ जना पीडित बनेको अनौपचारीक सेवा केन्द्र इन्सेकले जनाएको छ।

इन्सेकले शनिबार मानवअधिकार बर्ष पुस्तक २०२१ सार्वजनिक गर्दै मानवअधिकार उल्लंघन घटनाको संख्या सार्वजनिक गरेको हो।

सन् २०२१ मा महिलाविरुद्ध हुने सबै प्रकारका दुव्र्यवहार घटनामा ३ हजार ४ सय १७ जना पीडित भएका छन् । यस वर्ष बेचबिखनका प्रयासका घटनामा १६ जना, घरेलु हिंसाका घटनामा २ हजार ९५ जना, कथित बोक्सीको आरोपमा ३१ जना, बलात्कारका घटनामा ६ सय ४९ जना, बलात्कार प्रयासका घटनामा १ सय ७७ जना, यौन दुर्व्यवहारको घटनामा ६१ जना महिला पीडित भएको तथ्यांक रहेको छ।

सन् २०२१ मा बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ५ सय ५५ जना पीडित भएका छन्। जसमध्ये बलात्कारका घटनामा १ हजार ४३, यौन दुर्व्यवहारको घटनामा ३ सय ८३ , विद्यालयमा शारीरिक सजाय दिइएका घटनामा १५ जना बालबालिका पीडित भएको पाइएको छ।

त्यस्तै सन २०२१ मा देशभरका कारागारमा ७४ कैदीबन्दीको मृत्यु भएको इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले जानकारी दिए। उनले कारागार र बालसुधारको क्षेत्रमा पनि परिणाममुखी काम हुन नसकेको बताए।

कार्यक्रममा मानवअधिकार आयोगका अध्यक्ष तप बहादुुर श्रेष्ठले मानवअधिकार हननका घटनामा कारवाही सिफारिस गर्दा पनि राज्यले कारवाही गर्न नसकेको बताए। उनले दण्डहिनताको अन्त्य गर्न राज्य पनि गम्भीर हुनुपर्ने धारणा राखे ।

त्यस्तै इन्सेकले सन २०२१ मा ३३ वटा अपहरणका घटना, ३५ गिरफ्तारीका घटना र २ सय ६६ कुटपीटका घटना भएको जनाएको छ । यसै अवधिमा जातिय बिभेदका २८ घटना भएको इन्सेकले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *