तस्विर ः फरककोण ।
तुलसीपुर, फागुन ६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरी ठूला गाउँका ५० बर्षीय बिजुली चौधरी यतिखेर तनाबमा छन् ।
उनी तनाबमा पर्नुको कारण अरु केही नभएर निर्माणाधिन घर हो । दाङको घोराहीस्थित सगरमाथा सिमेन्ट प्रयोग गरि पुस २५ गते ढलान गरेको छत गुणस्तरहिन सिमेन्टका कारण सेट नै नहुनु हो ।
चौधरीले उरहरीकै जैसी हार्डवयरबाट सगरमाथा पिपीसी गोल्ड सिमेन्ट किनेर घर निर्माण गर्दै आएका छन् । ढलान गरेको घरको छत सेट नभएपछि चौधरीले हार्डवयरमा खबर गरे । हार्डवयर सञ्चालक गएर हेरे । त्यसपछि उनले घोराहीको गोग्लीस्थित सगरमाथा सिमेन्टमा खबर गरे ।
कम्पनीका मानिसहरु आएर सिमेन्टमा खराबी देखिएको भन्दै छत भत्काउन लगाए । चौधरी परिवारले त्यसै ग¥यो । भत्काउँदा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने र अब राम्रो सिमेन्ट दिने वाचा गरे । वाचा अनुसार कम्पनीले १०० बोरा सिमेन्ट निशुल्क उपलब्ध गरायो ।
फागुन ३ गते फेरि सगरमाथा सिमेन्टले चौधरीले घर ढलान गरे । तर, फागुन ६ गतेसम्म पनि घरको छत फेरि सेट भएन । जसले गर्दा चौधरी परिवार तनाबमा परेको छ ।
पहिलो पटक ढलान भएको २३ ÷ २४ दिन पछि ढलान खोल्दापनि सिमेन्ट सेट नभएको पाइएपछि उनीहरुले छतको ढलान पुरै फोडेका हुन । झ्याल ढोका बसाली सकेको र मान्छे बराबर उठाइ सकेको गारापनि उनीहरुले उतिखेर भत्काए ।
तर, फेरिपनि सिमेन्टकै कारण तीन दिन बितिसक्दा छत सेटिङ नभइ फ्वास फ्वास भत्किने भएपछि चौधरी यतिखेर तनाबमा परेका हुन ।
जापानमा रहेका बिजुलीका जेठा छोरा एकराज चौधरीले पठाएको रकमले नयाँ पक्की घर हाल्ने र त्यसमै बस्ने सपना संगालेका चौधरी परिवार यतिखेर अन्यौंलमा परेको छ । उता छोराले जावानबाट फोन गरि संधै गाली गरिरहन्छन् ।
कान्छा छोरा २४ बर्षीय प्रकाश चौधरी ट्याक्टर चलाउँछन् । घिर बनाउँदा हालसम्म ५० लाख बढी खर्च भइसकेको छ । समेन्टकै कारण दाजु र आफ्नो दुःख पसिना सबै खेर जाने अवस्था देखेपछि उनीपनि तनाबमा छन् ।
प्रकाश घर अब पुरै भत्काएर पुनः घरको जग हाल्नुपर्ने र त्यसको क्षतिपुर्ती सम्बन्धित कम्पनीले नै उपलब्ध गराउनु पर्ने माग गर्छन ।
यसअघि कम्पनीका मानिस आएर हेर्दा कमसल सिमेन्ट परेको भन्दै पुरै खर्च बेहोर्ने आशा देखाएपनि १०० बोरा सिमेन्ट मात्रै उपलब्ध गराएको थियो । मिक्सर उपलब्ध गराउने, बालुवा गिट्टी आँफै उपलब्ध गराउने वाचा पुरा गरेन । बिभिन्न बाहानामा सिमेन्टका प्रतिनिधिहरुले भोलि भोलि भन्दै टारेपछि आँफै उनीहरुले मिस्त्री तथा श्रमिक लगाएर काम गर्नु परेको प्रकाशले बताए ।
पछिल्लो समयपनि छत ढलान सेट नभएपछि फेरि फागुन ५ गते कम्पनीका प्रतिनिधि आएर हेरे । तर, उनीहरुले फेरिपनि बिग्रको सिमेन्ट परेको भन्दै तत्काल फर्किएको चौधरी परिवार बताउँछ ।
कम्पनीका मानिसले दुई चार जना बुझ्ने मानिस लिएर कम्पनीमै आउन र उतै क्षतिपूर्ती बारे कुरा गर्ने वाचा गरेपनि अझैं कुनै खबर नगरेपछि चौधरी परिवार तनाबमा छ ।
यसअघि पनि तुलसीपुरमा सगरमाथा सिमेन्ट प्रयोग गरि ढलान गरेका दुई वटा घरहरुमा यस्तै समस्या देखिएपछि कम्पनीले लाखौं क्षतिपूर्ती तिरेको थियो ।
पटक÷ पटक त्यस्तै समस्या देखिन थालेपछि सर्वसाधारणले सगरमाथा सिमेन्टको गुणस्तरमै प्रश्न उठाउन थालेका छन् ।
यस अघि .. सगरमाथा सिमेन्ट प्रयोग गरि घर बनाउँदा दूई हप्तासम्म ढलान नै सेट भएन