तुलसीपुर, फागुन ३ । साइकलमा दूध बेच्न बजार तर्फ जाँदै गरेकी एक महिलाको टिप्परको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर २ की ३२ वर्षीया डिला पौडेलको टिप्परले ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
मंगलबार बिहान साढे ६ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा १ क १२८६ नम्बरको टिप्परले पौडेललाई ठक्कर दिएको थियो ।
घटना पछि मृतकका आफन्त तथा स्थानीयले राजमार्गमै शब राखेर सडक बन्द गराएका छन् । जस्ले गर्दा दर्जनौं गाडीहरु राजमार्गमै रोकिएका छन् । राजमार्ग सञ्चालनको लागि छलफल भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
