
दाङ,मंसिर १८ । योग कम्युनिष्ट लिग (वाइसिएल) दाङको इञ्चार्जमा अमर नेपाली (माईकल)लाई चयन गरिएको छ ।
संगठनको शुक्रबार बसेको बैठकले माईकललाई दाङको इञ्चार्जमा चयन गरेको हो । आफूले पाएको जिम्मेवारी कुसलतापूर्वक सम्पन्न गर्ने माइकलले बताएका छन् ।
उनी तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य पनि हुन् ।
त्यस्तै संगठनले लुम्बिनी प्रदेशको सहसंयोजकमा दाङका गोपाल वली (प्रविण) र सरोज पन्तलाई चयन गरेको छ । उनीहरु जनयुद्धका कमान्डर समेत हुन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार