
रुकुम पश्चिम, मंसिर १२ । अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रबाट रोजगार सिर्जना गर्नु पर्ने बताएका छन् ।
नेपाल कृषि क्षेत्रमा सम्भावना भएको देश भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने उनले बताएका हुन ।
आइतबार नेपाल पत्रकार महासंघ रुकुम शाखाले शेरीगाउँमा गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले कृषि क्षेत्रमा जोडिन सबैलाई आग्रह गरे ।
सम्भावना हुदा हुदैपनि त्यसको भरपुर उपयोग गर्न नसकेका कारण हजारौ युवा विदेशिने र वेरोजगार बस्ने गरेको प्रति उनले दुःख ब्यक्त गरे ।
पुराना तथा परम्परागत कृषि प्रणालीलाई छाड्दै व्यवसायिक र आधुनिक कृषि प्रणालीमा लाग्न शर्माको आग्रह छ । सरकारले कृषि क्षेत्रमा धेरै लगानी गरेको भन्दै त्यो लगानीको सदुउपयोग गर्न नसकिएको उनले बताए ।
फरक प्रशंगामा मन्त्री शर्माले रुकुम पश्चिमको तीन वटा सडकलाई मुख्य प्राथिकतामा राखेर काम सुरु हुने जानकारी दिए । मध्यपहाडी लोकमार्ग, राप्ती लोकमार्ग र सिल्ली चौरजहारी सडकखण्डलाई बिशेष प्राथामिकता दिएर काम गरिने उनले बताए ।
पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।
प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार