२०८२ चैत्र ३ गते मङ्गलवार

शंकरप्रशाद डाँगी नेपाली काँग्रेस दाङको सभापति

भूपबहादुर डाँगीले समर्थन गरेपछि भएन दोस्रो चरणको निर्वाचन

तुलसीपुर , मंसिर १२ । नेपाली काँग्रेस दाङको सभापतिमा शंकरप्रशाद डाँगी निर्वाचित भएका छन ।


निकटतम प्रतिद्धन्दी भूपबहादुर डाँगीले शंकरलाई सभापति बनाउन लिखित सहमति जनाउँदै आफ्नो उम्मेवारी फिर्ता लिएपछि शंकरप्रशाद डाँगी जिल्ला सभापति बन्ने मार्ग प्रसस्त भएको हो ।

बिद्यार्थी राजनीतिबाट राजनीतिमा सक्रिय बनेका शंकर महेन्द्रबहुमुखी क्याम्पस दाङका पूर्व स्ववियु सभापति पनि हुन । एमए उत्तिर्ण उनले क्याम्पसहरुमा पनि पढाउने गर्छन ।


शनिबार भएको निर्वाचनमा सभापति पदका चार प्रतिपस्र्धी मध्य सबै भन्दा बढी मत प्राप्त गरेका डाँगी सहमतिका आधारमा सभापतिमा निर्वाचित भएका हुन ।


चार प्रतिस्पर्धी मध्य ५१ प्रतिसत मत कसैले पनि प्राप्त नगरेपछि आइतबार फेरि दोस्रो चरणको निर्वाचनको तयारी भइरहँदा भूपबहादुरले शंकरलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी झिकेपछि मतदान रोकिएको हो ।


कुल २१३७ मत खसेकोमा शंकरले सबै भन्दा धेरै ७७६ मत प्राप्त गर्नु भएको थियो । त्यसैले निकटतम प्रतिद्धन्दी भूपबहादुरले ४५६ मत प्राप्त गरेको हुँदा फेरि यी दुईका बीचमा आइतबार दोस्रो चरणको मतदानको तयारी गरिएको थियो ।


तर, यही क्रममा भूपबहादुरले आफ्नो उम्मेदवारी झिकेर शंकरलाई समर्थन गरेर उदारता पर्दशन गरेका हुन । भूपबहादुर दाङ क्षेत्र नं। २ का यसअघिका संघीय सभापति हुनुहुन्छ ।


त्यस्तै सभापतिका अन्य दुई प्रतिस्पर्धी मध्य नेविसंघका पूर्व जिल्ला अध्यक्ष जानकीलाल बस्नेतले ४७१ र पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरेले ३१५ मत प्राप्त गरेका थिए ।


जिल्ला सभापतिमा निर्वाचित डाँगी संस्थापन इतरका हुनुहुन्छ भने अन्य तीन जना प्रतिपस्र्धी भने संस्थापन पक्षधर हुन । शंकर नेता कार्यकर्ता र युवामाझ निकै लोकप्रिय छन् । उनले दाङको निर्वाचन क्षेत्र नं.३ बाट प्रतिनिधित्व गर्छन ।

शान्तिनगर गाउँपालिकाका स्थायी बासिन्दा उनी पछिल्लो समयमा घोराहीमा आफ्नै घरमा बस्ने गर्छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *