घोराही, मंसिर १० । घोराही–तुलसीपुर चारलेन सडक खण्डको कटुवाखोला पुल छेउ एउटा टेन्ट टाँगिएको छ । सो टेन्ट मुनिको चारलेन सडक परियोजनाको दोस्रो संस्करण बल्ल सुरु हुन थालेको कुरा लेखिएको ब्यानर छ ।
के चारलेन सडक निर्माणको काम अहिले सम्म शुरु नै भएको थिएन ? के अहिले सम्म जनता झुक्याउने खेल मात्रै भइ रहेको थियो ? शुक्रबार सुभारम्भकोव्यानरमुनी बसेर फेरि सडक निर्माणको काम उद्घाटन गरिनुले त्यही कुराको पुष्टि गरेको छ ।
शुक्रबार घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली काँग्रेस दाङका जिल्ला सभापति कीर्तिबहादुर खड्का, निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्वैका प्रवन्ध निर्देशक प्रविण ब्रम्हदेव पाण्डेले पानसमा बत्ति वालेर चारलेन सडक निर्माणको सुभारम्भ गर्नुले अहिले सम्म जनताको आँखामा छारो हाल्ने खेल मात्रै भइरहेको रहेछ भन्ने तथ्य उजागर गरेको छ ।
शुभारम्भ कार्यक्रम तथ्य इन्जिनियरिङ एण्डइन्फ्रा प्रोजेक्टका प्रवन्ध निर्देशक प्रविण ब्रम्हदेव पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
निर्माण कम्पनीले नेपाल सरकारसंग गरेको पहिलो संझौता समाप्त भइसकेपछि बल्ल निर्माण सुभारम्भको व्यानर राखेर सडक निर्मांण कार्यको उद्घाटन गरिएको थियो । यो कुरा सन्चारकर्मीहरुका लागि मात्रै हैन आम जिल्ला बासीको लागि कौतुहलताको बिषय बन्नु अन्यथा थिएन र हैन ।
किन बल्ल सुभारम्भको व्यानर भन्दै सन्चारकर्कीहरुले जिज्ञासा सरोकारवालाहरुलाई राखेका थिए । आधिकारिक ब्यक्तिबाटै सडक निर्माण बारे स्थानीय ठेकेदारले आफुलाई भ्रममा पार्दै आएको भन्ने जवाफ पछि सबै दंग परे । आश्चर्य व्यक्तगरे ।
सन २०१९ मे महिनामा निर्माण सम्झौंता भएको फोरलेन सडक निर्माणको काम सन २०२१ मे अन्त्यमा पुरा गरि सक्नु पर्ने भन्ने छ । तर, निर्माण कम्पनीका स्थानीय प्रतिनिधिको चरम लापर्वाहीका कारण दुई पटक म्याद थपेपनि कार्यप्रगति निकै निराशाजनक रहेको छ ।
दुई बर्षको अवधिमा जम्मा भौतिक प्रगति ७ प्रतिसत र आर्थिक प्रगति १४ प्रतिसत मात्रै भएको छ ।तथ्य इन्जिनियरिङले सडक निर्माणको ठेक्का पाएपनि उस्को तर्फबाट दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ अश्वारका स्थानीयबासी अनुप पाण्डेले कामको जिम्मा लिएका थिए । पाण्डेलाई नै तथ्यले स्थानीयप्रतिनिधि नियुक्त गरेर कामको जिम्मा लगाएको थियो ।
तर फोरलेन सडक निर्माणको नाममा सडक भत्काउने मात्रै काम भयो । सडकको अवस्थाले गर्दा सर्वसाधारण नागरिक आजिद थिए । दुर्घटना बढेका थिए । तुलसीपुर– घोराही सडकका खाडलका कारण बर्षामा हिलाम्मे र अघिपछि धुलाम्मे हुँदा यात्रा निकै कष्टकर बन्दै आएको छ । मोटरसाईकल लगाएका साना सवारी साधनमा यो सडक खण्डमा यात्रा गर्ने धुलोले पुरै छोपिन्छ । सामाजिक सञ्जालहरुमा सर्वसाधारणले आफुले यात्राका क्रममा खेपेका सास्तिहरुका थुप्रै कुराहरु पोष्टिदै आएका छन् ।
तर,पनि स्थानीय प्रशासन, स्थानीय सरकार, प्रमुख राजनीतिक दलहरु, विषयगत परियोजनाको कार्यालयका अधिकारी लगायतकसैले पनि निर्माण कम्पनी प्रति औंला ठड्याउन सकेका थिएनन् । शुक्रबार सडक निर्माणको काम शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिका दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्माण सम्पन्न भएर हस्तान्तरण गरि सक्नुपर्ने सडक अहिले आएर सुभारम्भ गर्नु परेकोमा दुर्भाग्य मान्नु पर्ने बताए ।
तर,अहिले निर्माण कम्पनीकै आधिकारिक व्यक्ति स्वएंम उपस्थित भएर काम गर्ने प्रण गरेका हुँदा तोकिएको समयमै काम सम्पन्न हुनेमा उनी आशाबादी सुनिए ।‘अहिले सुभारम्भ गरि रहंदा मलाई अत्यन्तै दुःख लागेको छ । तर अव निर्माण कम्पनीकै आधिकारिक व्यक्तित्व यहाँ आउनु भएको छ । अब आयोजनाको काम सन्तोषजनक रुपमा अघि बढ्ने छ’, प्रजिअ रेग्मीले भने ।
प्रजिअ रेग्मीले फेरि पनि पहिले जस्तै ढिला सुस्ति भएमा कुनैपनि कानुनका बुदा टेकेर निर्माण कम्पनीलाई कारवाही गर्नुको कुनै विकल्प नरहने चेनावनी पनि दिए । उनले परियोजना सञ्चालनमा कुनैपनि खाले अवरोध हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिवहादुर खड्काले ठेक्का संझौता भएकोदुई बर्ष सम्म निर्माण कम्पनीको प्रत्यक्ष सुपरिवेक्षण नहुनु र काम नहुँदा स्थानीय प्रतिनिधिलाई कारवाही गर्न नसक्न सबैको कमजोरी भएको बताए ।उनले पनि अव फेरि पहिले जस्तै गरि निर्माण कार्यमा ढिला सुस्ति वा लापरबाही भए त्यो क्षम्य नहुने चेतावनी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले फोरलेन सडक निर्माणको काममा चरम लापर्वाही भएको उल्लेख गर्दै यो दण्डहिनताको नमुना भएको बताए ।‘पैसा भएर पनि काम नहुँदाको अवस्थामा निर्माण कम्पनी नितान्त गैर जिम्मेवार बन्नु दुर्भाग्य हो,’ उनले भने ‘यसले कम्पनीको गुडवीलप्रतिनै अन्तराष्ट्रिय जगतमै धव्वा लाग्न सक्छ।’
प्रयाप्त पैंसा हुंदाहुंदै पनि काम दयनिय अवस्थामा रहनुमा कम्पनी बढी जिम्मेवार हुनुपर्ने उनले बताए ।कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधि उमाकान्द न्यौपानेले निर्माणको काम अहिले सम्म कत्तिपनि सन्तोषजनक नभएको हँुँदा अव कत्तिपनि ढिला नगरी काम धमाधम अगाडि बढाउन आग्रह गरे ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले काम निकै ढिला भइ सकेको हुँदा अबपनि बिलम्ब भए निर्माण कम्पनी कुनै हालतमा भाग्न नपाउने चेतावनी दिए ।
‘चार महिनामा १२ जनाको यही सडक दुर्घटनामा ज्यान गइसकेको छ,’ एसपी काफ्लेले भने ‘अव तपाँइलाई कुनैपनि बाहानामा भाग्ने छुट छैन ।’ उनले सडक निर्माणका क्रममा सुरक्षा प्रदान गर्न र समन्वय गर्नका लागि आफु सधै सकारात्मक रहेको बताए ।
त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै फोरलेन परियोजनाका इन्जिनियर शुरेश हुमागाँइले निरन्तर पत्राचार गर्दापनि
निर्माण कम्पनीका स्थानीय प्रनिनिधिले काम नगरेको गुनासो गरे ।
कार्यक्रममा प्रोजेक्टका प्रतिनिधि विजय पाठकले कम्पनीका भावि कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
मलाई आउनै दिइएनः प्रवन्ध निर्देशक पाण्डे
कार्यक्रममा पत्रकारसंग कुरागर्दै तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राप्रोजेक्ट मुम्वैका प्रवन्ध निर्देशक प्रविण ब्रम्हदेव पाण्डेले आफुलाई आफुले जिम्म दिएका कम्पनीका स्थानीय प्रतिनिधिले नेपाल आउनै नदिएको गुनासो गरे ।उनले आफु नेपालका एसपी र परियोजनासंग समन्वय गरेर मुस्किलले नेपालको दाङसम्म आइपुगेर परियोजनाको सत्य तथ्य विवरण जानकारी पाएको बताए ।
उनले कम्पनीबाट काममा भएको ढिलासुस्तिको विषयमा कम्पनीको तर्फबाट सार्वजनिकरुपमै क्षमायाचना गरे ।
‘हाम्रो परियोजनाको कामको अवस्थावारे हामीले खटाएका प्रनितिधिले हामीलाई कुनैपनि जानकारी दिएनन्,’ उनले भने ‘सवैठिक छ भन्दै हामीलाई उतै अल्पल्याउन खोजे ।’
फोरलेन सडकका स्थानीय प्रतिनिधि अनुप पाण्डेलाइ ईंगित गर्दै प्रवन्ध निर्देशक पाण्डेले उनले आफुलाई भ्रममा पारेको बताए ।
‘विगतमा जे भयो त्यो अत्यन्तै गलत भयो भन्दै अव आँफै काममा आएको छु र यस्तो गल्ति दोहोरीने छैन,’ उनले भने ‘ हामीले अव टाइमवार बनाएर काम गर्दै छौं । दिनरात काम गरेर ३६५ दिनभित्रै सडक निर्माणको काम सक्ने छौं ।’
उनले परियोजना भित्र रहेको २८ किलोमिटर सडकलाई दश कित्तामा विभाजन गरेर दैनिक कम्तिमापनि १ हजार ५ सय कामदार लगाएर काम गर्ने योजना सुनाए ।
‘हरेक तीन किलोमिटरको खण्डमा दुई जना सुपरभाइजर हुने छन् । हरेक ५ किलोमिटरको खण्डमा एक जना इन्जिनियर
साइटमै हुने छन् । यो वा त्यो वाहनामा काम रोकिने छैन’, पाण्डेले भने । उनले यस अघिको प्रतिनिधिको सवै प्रकारको दायित्व समाप्त भइसकेको जनकारी पनि दिए । अवदेखि कामको जस अपजस सवै आफुले लिने उनले स्पष्ट पारे । अव तथ्य इन्जिनियरिङकै प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितिमा काम हुने र श्रोत साधनको कुनै कमी नहुनेपनि उनले स्पष्ट पारे ।
सवा अर्व नेपाली रुपैंयाको लगानीमा सो परियोजना भारतको एक्जिम बैंकको आर्थिक सहयोग सुरु भएको हो । यसमा संपुर्ण सामाग्री भारतबाट खरिद गर्नुपर्ने सर्त रहेको छ । दोस्रो पटक थपिएको मिति अनुसार यो परियोजना निर्माणको काम सन २०२२ मे महिना भित्र पुरा गरि सक्नु पर्ने छ । काम सञ्तोषजनक भएको अवस्थामा परियोजनामा पुनः ५÷६ महिना थप गर्न सकिने परियोजनाका प्रमुख डिई पारश हमालले बताए ।