२०८२ चैत्र २ गते सोमवार

बिमलेन्द्र निधीले गरे सभापतिमा उम्मेदवारी घोषणा

काठमाण्डौ,मंसिर ९ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टीको आसन्न १४ औँ महाधिवेशनमा निधीले उम्मेदवारी घोषणा पत्र सार्वजनिक गर्दै सभापतिमा दावी गरेका हुन् ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कल्याण गुरुङले सभापतिमा दाबी गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *