तुलसीपुर,मंसिर ५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले मतदान मार्फत प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुङ्गो लगाएको हो ।
जसमध्य केहीले लोकप्रिय मत प्राप्त गरी निर्वाचित भएका छन् ।
दाङ क्षेत्र नम्बर ३ (क) बाट प्रदेश प्रतिनिधिका उम्मेदवार मोहन सुनारले सबै भन्दा धेरै मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ३ (क) बाट दलित तर्फबाट प्रदेश प्रतिनिधि पदमा निर्वाचित सुनारले प्यानलमै सबैभन्दा बढी २ सय २७ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नं. ३ (ख) मा रोशनजगं शाहले सबैभन्दा बढी मत प्राप्त गरेका छन । सहसचिव पदमा निर्वाचित शाहले ३ सय ९ मत प्राप्त गरेका छन् ।
त्यस्तै दाङ निर्वाचन क्षेत्र नं. २ (क) मा पुर्णबहादुर मल्लले सबैभन्दा बढी मत प्राप्त गरेका छन । खुल्लाबाट प्रदेश प्रतिनिधि पदमा निर्वाचित मल्लले २ सय ३० मत प्राप्त गरि बिजयी भएका छन् ।
क्षेत्र नं. २ (ख) मा डिल्लीबहादुर वलीले सबैभन्दा बढी मत प्राप्त गरे । सचिव पदमा निर्वाचित वलीले २ सय ३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै दाङ निर्वाचन क्षेत्र नं. १ (क) मा जगदम्बा कुमारी चौधरीले सबैभन्दा बढी मत प्राप्त गरेकीछन । उपसभापति पदमा निर्वाचित चौधरीले २ सय ३६ मत प्राप्त गरेकी छन् ।
क्षेत्र नं. १ (ख) मा मंगलप्रसाद चौधरीले सबैभन्दा बढी मत प्राप्त गरे । सचिव पदमा निर्वाचित चौधरीले २ सय १८ मत प्राप्त गरेको निर्वाचन समितिले जानाकारी दिएको छ ।