२०८२ चैत्र २ गते सोमवार

भालुवाङ र कालाकाँटे क्षेत्रबाट बिप्लवका १८ कार्यकर्ता पक्राउ

दाङ, कात्तिक ३० । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको कालाकाँटे र भालुवाङ क्षेत्रबाट बिप्लवका १८ जना कार्यकर्ता पक्राउ परेका छन् ।


दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सवारी साधन माथि जोर जवरजस्ती तोड फोडको प्रयास गरेपछि बन्द कर्तालाई नियन्त्रणमा लिनु परेको जानकारी दिए ।

पूर्वबाट गनतब्य तर्फ जान हिडेका यात्रुलाई प्रहरीले स्कटिङ गर्ने क्रममा गाडी माथि जोर जवरजस्ती गर्न खोजे पछि प्रहरी नियन्त्रणमा लिन बाध्य भएको एसपी काफ्लेले बताए ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा मंगलबार नेपाल बन्दको आयोजना गरेको छ ।


सोही बन्दको क्रममा पूर्व पश्चिम राजमार्ग अन्तरगत गढवा गाउँपालिकाको धानखोला क्षेत्रबाट ११ जना र राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्रबाट ७ जना आफ्ना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीप वलीले जानकारी दिएका छन् ।

शान्तिपूर्ण रुपमा बन्द सफल पार्न खटिएका आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरिएको भन्दै विना सर्त रिहा गर्न वलीले माग गरेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *