काठमाण्डौ,कात्तिक २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह वर्तमान व्यवस्थाको विरुद्धमा लागेको भन्दै त्यसो नगर्ने चेतावनी दिएका छन् ।
उनले शासन गर्न मन भएर चुनाव लडेर आउन पनि उनले चुनौती दिएका छन् ।
गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले पूर्वराजा शाहतर्फ इंगित गर्दै भने,गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो ।
नेपालमा अहिले सबैभन्दा राम्रो संविधान भएको र यसले सबै पक्षलाई समेटेको देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराएका थिए ।
निर्वाचन आयोगले वडादेखि नै गराउने चुनाव निष्पक्ष र धाँधलीरहीत हुनुपर्ने देउवाको भनाइ थियो । उनले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको पनि बताए ।
उनले निर्वाचन आयोग आफ्नो नीतिअनुसार हिँड्नुपर्ने देउवाको भनाइ थियो ।