२०८२ फाल्गुन २१ गते बिहिवार

कपिलवस्तुमा श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

कपिलवस्तु,कात्तिक २३ । कपिलवस्तुमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको महाराजगञ्ज नगरपालिका–११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लोनिया रहेका छन् ।

पैंतीस वर्षीया श्रीमतीलाई गत भदौ १५ गते काठ लिन जाने बहाना बनाई बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जङ्गलमा लगेर हत्या गरी उनी भारततर्फ फरार भएका थिए ।

लोनियालाई खोजतलास गर्ने क्रममा यही कात्तिक १९ गते बिहान बुद्धभूमि नगरपालिका–९ डुमराबाट इलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भदौ १५ गतेदेखि हराएकी चिन्काको शवको कङ्काल गत असोज १७ गते जङ्गलमा फेला पारेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । । लोनियामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *