२०८२ चैत्र ३ गते मङ्गलवार

तुलसीपुरका ८ जुवाडेलाई थप चार दिन थुनामै राख्न आदेश

तुलसीपुर, कात्तिक १४ । तुलसीपुरबाट कात्तिक १२ गते दिउँसो पक्राउ परेका आठ जना जुवाडेलाई थप चार दिन थुनामै राख्ने स्थानीय प्रशासनले आदेश दिएको छ ।


आठ जुवाडेलाई स्थानीय प्रशासनले आइतबार थप चार दिनको म्याद थपेर थुनामा राख्न आदेश दिएको एक जना प्रहरी अधिकारीले फरककोणलाई जानकारी दिए ।

‘गत शुक्रबार जुवाको खालबाट पक्राउ परेका आठ जना मध्य केही पेशेबर जुवाडेहरु पनि छन्,’ ती प्रहरी अधिकारीले भने ‘उनीहरु चार दिनदेखि इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा छन् ।’

सरुवा भएर जाने तयारी गरिरहेका दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको आदेशमा तुलसीपुर क्षेत्रका चिरपरिचित ‘हाइप्रोफाइल’ जुवाडेहरुलाई म्याद थपेर थप चार दिन थुनामा राख्न आदेश प्राप्त भएको ती प्रहरी अधिकारीले जानकारी दिए ।


तुलसीपुर ६ रजौंराबाट पक्राउ परेका जुवाडे छुटाउन प्रहरी प्रशासनलाई नेताहरुले समेत दबाब दिने गरेको खवरहरु सार्वजनिक भएका छन् ।

यो पनि …

तुलसीपुरबाट ‘हाइप्रोफाइलका’ जुवाडे पक्राउ

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *