
दाङ,कात्तिक १२ । दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा हिरालाल रेग्मी आउँने भएका छन् ।
रामबहादुर कुरुम्ङवाको गृहमन्त्रालयमा सरुवा भएसंगै दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा रेग्मी आउँने भएका हुन् ।
रेग्मी नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेका रेग्मी पनि कुशल प्रशासकका रुपमा चिनिन्छन् ।
रेग्मीले जिल्ला विकास समिति कालिकोट, अछाम, सुर्खेत, गुल्मी र दैलेखमा स्थानीय विकास अधिकारीको रुपमा काम गरि सकेका छन् भने धनगढी, टिकापुर, धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् ।
२०६६ सालमा उपसचिव भएका रेग्मी २०७६ सालमा सहसचिव भएका हुन ।
सह–सचिव भएपछि गृह मन्त्रालय हुँदै सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरेका रेग्मीले यसअघि कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको रुपमा कार्यरत भइसकेका छन् ।