तुलसीपुर, कात्तिक ३ । कात्तिक महिनामा सुरु भएदेखिको अबिरल बर्षाका कारण दाङको हवाई सेवा प्रभावित भएको छ ।
दाङको तुलसीपुरस्थित एक मात्र जिल्लाको टरिगाउँ बिमान स्थलमा दूई दिनदेखि बिमान अवतरण हुन नसकेको बिमान स्थलका प्रमुख कैलाश शर्माले फरककोणलाई बताए ।
‘प्रतिकुल मौसमका कारण बिगत दूई दिनदेखि दाङमा प्लेन अवतरण हुन सकेको छैन,’ शर्माले भने ‘बुधबारपनि दूईवटा फ्लाईट दिइएको छ, त्यो संभव हुन्छ कि हुन्न भन्न सक्ने अवस्था छैन ।’
बिहान ११ बजेसम्म आकाँश पुरै कालो बादलले ढाकेको हुँदा यस्तै अवस्था कायमै रहे बुधबारका दूई उडानहरु पनि प्रभावित हुने प्रमुख शर्माले बताए ।
अबिरल बर्षाका कारण नदी खोलाहरुका बाढी आउँदा ठाउँ÷ठाउँमा सडक अवरुद्ध हुनु र प्रतिकुल मौसमका कारण जहाँजपनि आउन सक्ने अवस्था नरहेपछि यात्रु कर्मथलो सम्म जान पाएका छैनन् ।
दसैं मनाउन गएका सर्वसाधारण र कर्मचारी कात्र्तिके अबिरल झरीका कारण समस्यामा परेका हुन ।