२०८२ चैत्र २ गते सोमवार

दाङमा काटेको ३४ सय हेक्टरको धानबाली डुवानमा

सबै भन्दा बढी क्षति दंगीशरण र राप्तीमा

दाङ, कार्तिक २ । दाङमा कार्तिके बर्षाले भित्र्याउनका लागि काटेको ३४ सय हेक्टर क्षेत्रफलको धान डुवानमा परेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रुद्र पौडेलले जिल्ला भर किसानले काटेको झन्डै ३४ सय हेक्टर क्षेत्रफलको धान कात्र्तिके बर्षाका कारण डुबानमा परेको जानकारी दिए ।

त्यस्तै डुवानमा परेको, बगेको र ढलेको समेत गरि ४३ सय हेक्टरमा क्षति पुगेको छ । त्यसमध्य सुरक्षित रुपमा हार्बेष्टिङ गरेको दश हजार हेक्टरमा क्षति भएको छ ।

यो बर्ष दाङमा ३९ हजार हेक्टरमा धान खेति भएको थियो । जिल्लाका दश पालिकाहरु मध्य जिल्लाका दश पालिकाहरु मध्य दंगीशरण गाउँपालिकाको बैबाङ, सुकदेवा जस्ता ठाउँहरुमा डेढ सय हेक्टर र राप्ती गाउँपालिकाको राप्ती नदी तटिय क्षेत्रको मसुरिया लगाएतका ठाउँका स्थानीय खोलाहरुमा आएको बाढीले करिब एक सय हेक्टर क्षेत्रफलमा काटेको धान बगाएर लगेको सूचना अधिकारी पौडेले फरककोणलाई बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका भित्र कुल तीन सय ५० हेक्टरमा धान खेति भएको मध्य बबई तटिय क्षेत्रहरु जस्तै तुलसीपुर ११, १२ र १३ मा बढी क्षति भएको जाननकारी दिइएको छ । ती ठाउँहरुमा काटेको धान समेत बाढीले बगाएर लगेको पौडेलले बताए ।
त्यस्तै घोराही उपमहानगरपालिका भित्र मात्रै झन्डै ६ सय हेक्टर धानबालीमा क्षति पुगेको छ । पौडेलका अनुसार ढिकपुर, कर्मटिया जस्ता ठाउँहरुमा बाढीले झन्डै २५ बिगाहा क्षेत्रफल जतिमा काटेको धान बगाएको छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कका आधारमा कात्र्तिके बर्षाले जिल्लामा ३० प्रतिसत क्षति भएको छ । जिल्लाका दश पालिकाहरु मध्य बबई गाउँपालिकको बिवरण पूर्ण रुपमा आइ नपुगेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *