२०७८ कार्तिक १ गते सोमवार

पूर्णबहादुरको हत्या आरोपमा कान्छो भाइ पक्राउ

दाङ, असोज २५ । रोल्पाका ५६ बर्षीय पूर्णबहादुर बुढाको हत्यामा सम्लग्न भएको आशंकामा प्रहरीले उनकै कान्छा भाइ पक्राउ परेका छन् ।

जिल्लाको रोल्पा नगरपालिका वडा नं. ६ दारबोटका ५६ बर्षीय पूर्णबहादुर बुढा घर भित्रै घाँटी रटेको अवस्थामा सोमबार फेला परेका थिए ।

घटना अनुसन्धानका क्रममा पूर्णबहादुरका कान्छा भाइ अम्मरराज बुढाको संलग्नता देखिएको हुँदा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश सुबेदीले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका अम्मरराजले घटना स्वीकार गरि सकेको प्रहरीले बताएको छ । जग्गाको बिबादका कारण आँफूले दाजु पूर्णबहादुरको हत्या गरेको बयान अम्मरराजले दिएको डिएसपी सुबेदीले बताए ।

घटना अनुसन्धानका लागि बाँकेबाट रोल्पा लगिएको कुकुरले पनि अम्मरराजको घरमा गएको र अम्मराजलाई देखेर भुकेको डिएसपी सुबेदीले बताए । घटना बारे थप अनुसन्धान जारी रहेको डिएसपी सुबेदीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *