२०८२ चैत्र २ गते सोमवार

खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया

तुलसीपुर,असोज २३ । तुलसीपुरमा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।

इन्सेक दाङको आयोजना तथा मानव अधिकार समुह तुलसीपुरको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।


सो अवसरमा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष एवं दाङका अध्यक्ष केशव कुमार शर्माले सरकारले पालिकाहरुलाई बजार अनुगमनको जिम्मा दिएता पनि त्यो पुर्ण रुपमा पालना नभैरहेको बताए ।


उनले भने,देशैभरका पालिकाहरुलाई सरकारले अनुगमनको जिम्मा दिएको छ शाखाहरु स्थापना गरिदिएको छ,केही पालिकाले मात्र काम गरिरहेको देखिन्छ,तर पुर्ण रुपमा प्रयाप्तता छैन ।

उनले खाद्य बस्तुको अनुगमन र गुणस्तरका लागि समन्धित निकायलाई दबाब र पैरवीको खाँचो रहेको बताए ।

कोभिडका कारण विगत २ वर्ष देखि खाद्यका विभिन्न कार्यक्रमहरु रोकिएको बताउँदै उनले अब उत्पादक र उपभोक्ता दुवैलाई समेटेर सचेतना जगाउन तर्फ लाग्नुपर्ने बताए ।


त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका सरोज खनालले खाद्य अधिकारका लागि खाद्य सुरक्षा,खाद्य स्वच्छता र खाद्य सम्प्रभुताको निति पुर्ण रुपमा पालना गर्नुपर्ने बताए ।

उत्पादकहरुको निति निमार्णमा पहुँच नभएकै कारण दिनप्रतिदिन म्याद गुज्रेका सामानहरु जफत भैरहेको उनले जानकारी दिए ।

बजारका पसलहरु व्यवस्थित छैनन्,अनुगमनमा सबै निकायको सहभागीता पनि हुदैन,उनले भने,तर पछिल्लो समय तुलसीपुरमा निरन्तर रुपमा अनुगमन गरि नमुना सकंलन गर्ने काम गरिरहदाँ केही मात्रामा सुधार भएको पाइन्छ ।


मानव अधिकार समुह तुलसीपुरका अध्यक्ष हुमाकान्त कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार खेमराज रिजाल,ओरेक दाङका कल्पना चौधरी,तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका पुष्पा शर्मा,न्युसिपिसीका उमेश खरेल लगाएतले अनुगमनलाई गाउँ गाउँ लैजानुपर्नेमा जोड दिएका थिए ।

पसलहरुमा लेबल विनाका सामाग्रीहरु बेच्ने परम्पराको अन्त्यका लागि उपभोक्तालाई सचेतना कार्यक्रम दिनुपर्ने बताए ।


उक्त कार्यक्रमको सहजीकरण इन्सेक दाङका सहजकर्ता बिनोद केसीले गरेका थिए ।

इन्सेक दाङले मानव अधिकारको अनुगमन, अभिलेखिकरण, पैरवी र मानव अधिकार शिक्षा,स्वास्थ्य,खाद्य,आवास लगायतका विषयमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *