
दाङ, असोज २२ । एकीकृत नेकपा माओवादी केन्द्रले दाङका इन्द्रजित थारुलाई लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री र दाङकै बिमला खत्री ओलीलाई राज्यमन्त्री बनाउने भएको छ ।
स्वास्थ्य मन्त्रीमा प्रस्तावित थारु दाङ निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए भने र माओबादीले राज्यमन्त्री बनाउन थालेको खत्री दाङ ३(ख) बाट उपनिर्वाचनका क्रममा निर्वाचित भएकी हुन ।
त्यस्तै माओबादीले बर्दियाका तिलकराम शर्मालाई आन्तिरिक मामिला तथा कानूनमन्त्री बनाउने भएको छ ।
त्यस्तै एक जना फूल मन्त्री एकीकृत समाजवादीलाई दिएको खण्डमा माओवादीबाट कपिलवस्तुकी शुष्मा यादव राज्यमन्त्री बन्ने संभावना रहेको छ । नेकपा एकीकृत समाजवादीले फूल मन्त्री नलिएको अवस्थामा भने शुष्मा नै फूल मन्त्री बन्ने स्रोतले बताएको छ ।
त्यस्तै नेपाली कांग्रेसले अहिले सम्म बाँकेबाट प्रतिनिधित्व गर्ने सुरेन्द्र हमालको नाम टुंगो लगाएको छ ।
बाँकेको निर्वाचन क्षेत्र नं.२ ९ख० बाट निर्वाचित हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री बन्ने निश्चित भइसकेको काँग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
झन्डै दूई महिना अगाडि रोल्पाका कुलप्रशाद केसी (सोनाम) मुख्यमन्त्री बनेका थिए । लुम्बिनी प्रदेशमा हाल सात जना मन्त्री छन ।
अब कांग्रेसको तर्फबाट तीन फूल मन्त्री र दूई राज्यमन्त्री पाउने भएको छ ।
कस्लाई मन्त्रीमा पठाउने भन्ने बारे छलफल जारी रहेको स्रोतले बताएको छ । त्यस्तै माओवादी केन्द्रले पनि तीन फूल र दूई राज्य मन्त्री थपेर सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ ।
नेपाली कांग्रेसले सबै मन्त्रीको नाम पठाउन सके शुक्रबार नै मन्त्रीपरिषदले पूर्णता पाउने र त्यो संभव नभए आइबार मात्रै पूर्णता पाउने माओबादी केन्द्रका एक नेताले बताए ।