दाङ, पुस १८ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुल्कवृद्धिको चौतर्फी बिरोध भएको छ । प्रतिष्ठानले मंगलवारदेखि लागु हुने शुल्क बृद्धि गरेको थियो । प्रतिष्ठानले दिदै आएको सेवामा एकाएक भारी शुल्क बृद्धि गरेपछि त्यसको विरोधमा जिल्लामा क्रियासिल विभिन्न राजनीतिक दल, संघसस्थालगायत जनप्रतिनिधिहरु उत्रिएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिले पनि शुल्क बृद्धिको विरोध गरेको छ । नागरिक समाज दाङले पनि शुल्क बृद्धिको विरोध गरेको छ ।
राजनीतिक दलहरु मध्य सबैभन्दा पहिले राष्ट्रिय जनमोर्चा दाङले चर्कौ शुल्क बृद्धिको विरोध गरेको थियो । मंगलवार मात्रै नेपाल सत्ताको नेतृत्व गरिरहेको नेकपा दाङले पनि त्यसको विरोध गरेको छ । नेपाली काँग्रेसका नेताहरुले व्यक्तिगत रुपमा विरोध गरेको भएपनि संस्थागत रुपमा विज्ञप्ती प्रकासित भने गरेको छैन ।
त्यस्तै ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पनि प्रतिष्ठानलाई शुल्क वृद्धि नगर्न आग्रह गरेका छन । प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी, नेकपा दाङ, नागरिक समाज दाङ, सासद रेखा शर्माले पनि प्रतिष्ठानले गरेको शृल्कवृद्धिको विरोध जनाएका छन । जिल्ला बाट प्रकासित हुँदै आएका कतिपय पत्रपत्रिकाले प्रतिष्ठानको शुल्क बृद्धिको विरोधमा सम्पादकिय लेख्ने कोलोममा कालो पातेर त्यसको विरोध जनाएका छन् ।
शुल्क बृद्धि पछि सर्वसाधारणका लागि प्रतिष्ठानको सेवा निजी अस्पताल भन्दा बढी महंगो हुन पुगेको छ । मंगलवार प्रतिष्ठानमा पुगेका केही सर्वसाधारण विरामीहरु उपचार निकै महंगो भएको भन्दै उपचार नै नगराएर फर्किएका थिए । सोध्दा निकै महंगो लागेर उपचार नगराएको रामप्यारी चौधरीले बताइन ।
यसअघि २५ रुपैंया रहेको ओपिडीको शुल्क बढाएर १ सय रुपैंया पु¥याइएको छ भने ३० रुपैंया रहेको इमर्जेन्सीको सेवा लिन अबदेखि २ सय तिर्नुपर्ने भएको छ ।
प्रतिष्ठानको शुल्क बृद्धिले सबै भन्दा बढी सुत्केरी प्रभावित हुने देखिएको छ । यसअघि सुत्केरी सेवा लिनेले एक रुपैंया तिर्नुपर्र्दैन थियो । त्यो सेवा निःशुल्क उपलब्ध गराइन्थ्यो । अझ त्यसमा सुत्केरीले भूगोल तथा जिल्ला अनुसार यातायात सेवा पाउँथे । गर्भ जाँचअनुसार भत्ताको प्रबन्ध छ । तर अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी सेवा लिदा ३ हजारदेखि १२ हजारसम्म शुल्क तिर्नुपर्ने बाध्यता सिर्जना गरिएको छ । सामान्ने अवस्थामा सुत्केरी हुनेले ३ हजार र अप्रेसन गर्नेलाई १२ हजार सुल्क निर्धारण गरिएको छ ।
मंगलवारदेखि लागु हुनेगरी प्रतिष्ठानले बेड चार्जपनि व्यापक रुपमा बृद्धि गरेको छ । यसअघि बेड चार्ज तिर्नु पर्दैन थियो । तर अबदेखि प्रतिष्ठानमा भर्ना हुने कुनैपनि विरामीले एउटा बेडको चार्ज प्रतिदिन २ सय २० रुपैंया तिर्नुपर्ने भएको छ । त्यस्तै भिडियो एक्सरे ५ सयबाट ६ सय, मुख्य शल्यक्रिया ५ हजारबाट १२ हजार, मध्यखालको शल्यक्रिया १ हजार ५ सयबाट ६ हजार ५ सय, माइनर शल्यक्रिया १ हजारबाट २ हजार ५ सय पु¥याइएको छ । त्यस्तै ल्याब सर्जरीको १५ हजार, जनरल एनेस्थेसियाको ३ हजार ५ सय र स्पाइनल एनेस्थे सियाको दुई हजार ५ सय शुल्क निर्धारण गरिएको प्रतिष्ठानले यसअघि नै जानकारी दिएको थियो ।
सरकारले बजेट नदिदा समस्या – उपकुलपति भण्डारी
प्रतिष्ठानमा ने पाल सरकारले कुनै पनि बजे ट नदिने र आफै कमाएर खर्च गर्ने संस्था भएकाले शुल्क बढाउनुपरेको प्रतिष्ठानका उपकूलपति डा.संगीता भण्डारीले जानकारी दिइन । यसअघि सुत्केरी महिलाले पाउने आमा सुरक्षा कार्यक्रमको बजेट पनि प्रदे श सरकारले राखेको र प्रतिष्ठानमा दिन नमिल्ने बताएको हुँदा सुत्केरी सेवा निःशुल्क दिन नसकिएको भण्डारीले स्पष्ट पारिन । यसअघि सामान्य सुत्केरी गराउदा १ हजार ५ सय, जटिल प्रसुतिको ३ हजार र शल्यक्रियाको ७ हजार तथा गर्भजाँचको ८ सय र भाडा खर्च १ हजार प्रतिव्यक्ति दिने गरी सरकारले रकम उपलब्ध गराउँदै आएको थियो । तर प्रतिष्ठान बनेपछि त्यो बजेट रोकिएको हुँदा निःशुल्क सेवा दिन नसकेको भण्डारीले बताइन ।