घोराही, असोज ३ । एक पुरुषलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाको बारर्गेनिङ गर्ने तीन जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।
घोराही उपमहानगरपालिका–१५ निवासी भद्रबहादुर जैसीलाई (नाम परिवर्तन) गरेका व्यवसायीलाई असार ६ गते घोराही बजारमा रहेको कोहीनुर रेष्टुरेन्टमा बोलाई बियर, मासु मगाएर खाने साँझ परेपछि घर जाउँभन्दा महिलामाथि हातपात गरेको भन्दै जवरजस्ती करणीको मुद्धा हाल्छु भनेर धम्काउँदै ५० लाख रुपैया दिनुपर्ने बार्गेनिङ गर्ने महिलाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव एसपी सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी ३२ बर्षीया सितादेवी थापा, सोही ठाउँ निवासी ३५ बर्षीया खुमा वली र ३२ बर्षीया सुष्मा परियार रहेका छन् ।
‘पक्राउ परेका मध्य सितादेवी थाप र खुमा वलीले भद्रबहादुर जैसीलाई फोन गरी मेरो घरायसी विषयको मुद्दा छ, तपाई कानुन जानेको मान्छे भनि घोराही–१५ मा रहेको कोहिनून रेष्टुरेन्टमा बोलाएका रहिछन’–पत्रकार सम्मेलनमा प्रहरी प्रमुख काफ्लेले भने–‘रेष्टुष्टमा आएपछि बियर, मासु खाएछन । त्यसपछि ती पुरुषलाई तथानाम गाली गलौज गर्दै तलाई महिलाको इज्जतमाथि हात हाल्नेलाई जवरजस्ती करणीको मुद्धा हाल्दै भनेर सुरुमा निस्किएका रहिछन् ।’
त्यसपछि तीन व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई छिटो कुरा मिलाउनु प¥यो नत्र प्रहरीमा उजुरी हाल्छौ भनी डर त्रास देखाई ५० लाख रुपैयाको माग गरेको र अन्त्यमा एक लाख रुपैया नगद र १७ लाख रुपैयाको सिभिल बैंकको चेकमा जवरजस्ती दस्तखत गराई सकेको अवस्थामा प्रहरीले शनिवार घोराहीबाट महिलाहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख काफ्लेले बताए ।
पक्राउ परेका महिलाहरुमाथि थप अनुसन्धान भइ रहेको समेत प्रहरीले जनाएको छ ।तर, पक्राउ परेकी मध्य एक महिलाले आँफूहरुलाई प्रहरीले पीडक संग नै मिलेर फसाउन खोजेको आरोप लगाएकी थिइन ।