२०८२ माघ ४ गते आइतवार

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा सुरू

काठमाडौं,असो १ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको छ । खुला राजनीतिमा आएपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक बसेको पहिलोपटक हो ।

बन्दीपुरको एक होटलमा आयोजित बैठक असोज ५ गतेसम्म चल्ने छ ।

तत्कालीन माओवादीबाट अलग भएर भूमिगत गतिविधि गर्दै आएको विप्लव समूह र केपी शर्मा ओली नेतृत्वको सरकारबीच गत फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । सो सहमतिसँगै सो समूहमाथि प्रतिबन्ध फुकुवा भएको थियो ।

खुल्ला राजनीतिमा आएपछि पहिलो पटक बसेको यो बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा,रणनीति लगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *