
तुलसीपुर,भदौ २५ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले खाद्यान्न सामाग्रीहरू सहयोग गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी इकाइले तुलसीपुर १८ निवासी जगबहादुर विक र नन्द बहादुर विकको दुई परिवारलाई खाद्यान्न सामाग्रीहरू सहयोग गरिएको हो।
इकाई सभापति वीरेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा २० हजार बराबरको चामल,तेल,नुन, दाल लगाएतका सामाग्रीहरू सहयोग गरिएको वडाका इकाई सचिव बिदुर गौतमले जानकारी दिए ।
उनका अनुसार विक परिवारको आर्थिक अवस्था न्यून भएकाले उक्त सामाग्री सहयोग गरिएको हो।
सो अवसरमा तुलसीपुर १८ का क्षेत्रिय प्रतिनिधि एबम् जिल्ला सदस्य श्याम कुमार रेग्मी,तुलसीपुर १८ का निवर्तमान सभापति हीमबहादुर डाँगी,रामकुमार डाँगी,वडा कार्यसमिति लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन इकाई सचिव चित्र नेपालीले गरेका थिए ।
प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार