२०८१ चैत्र ३ गते आइतवार

सङ्खुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

सङ्खुवासभा,भदौ २१ ।  सङ्खुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा बिहान पौने १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेपछि अहिले सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो ।

तेजबहादुरको ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका छन् । घटनास्थल सदरमुकामबाट झण्डै तीन घण्टाको दूरीमा पर्छ ।

घटनाबारे अनुसन्धान भइरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको टोली केही समय अगाडि घटनास्थलमा पुगेको उनले बताए ।

घटनाको खबर प्राप्त भएपछि डीएसपी लालध्वज सुवेदीको नेतृत्वमा जिल्लाबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रजिअ पौडेलले बताए ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *