२०८१ चैत्र ३ गते आइतवार

प्यूठानमा २७ करोड ७८ लाख बढी बेरुजु

प्यूठान,भदौ २१ । प्यूठान जिल्लामा २७ करोड ७८ लाख ११ हजार बेरुजु रहेको छ ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेका २०७७ को वार्षिक प्रतिवेदनमा उक्त रकम बेरुजु रहेको उल्लेख गरिएको छ ।

प्यूठान जिल्लामा रहेका ९ वटा स्थानीय तहमा गरेर उक्त रकम बेरुजु भएको हो । प्यूठानमा २ नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा स्वर्गद्वारी नगरपालिकाको १ करोड ७७ लाख ५३ हजार बेरुजु रहेको छ ।

जसमध्ये अशुल गर्नुपर्ने १५ लाख १८ हजार, नियमित गर्नुपर्ने १ करोड ४२ लाख ४३ हजार, प्रमाण पेश गर्नुपर्ने २ लाख १५ हजार र पेश्की १७ लाख ७७ हजार रहेको छ । सरुमारानी गाउँपालिकाको ३ करोड ५३ लाख ४६ हजार बेरुजु रहेको छ । जसमध्ये अशुल गर्नुपर्ने १ लाख १२ हजार रहेको छ ।

नियमित गर्नुपर्ने १ करोड २७ लाख ८४ हजार, प्रमाण पेश गर्नुपर्ने ३७ लाख ५० हजार रहेको छ भने पेश्की १ करोड ८७ लाख रहेको छ । प्यूठान नगरपालिकाको ५ करोड ४५ लाख ४२ हजार बेरुजु रहेको छ । जसमध्ये अशुल गर्नुपर्ने ५० लाख ७४ हजार रहेको छ ।

प्रमाण पेश गर्नुपर्ने २ करोड १८ लाख ७८ हजार, नियमित गर्नुपर्ने ६४ लाख ६२ हजार रहेको छ भने पेस्की २ हरोड ११ लाख २७ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी नौबहिनी गाउँपालिकाको १ करोड ९३ लाख ३१ हजार बेरुजु रहेको छ । जसमध्ये अशुल गर्नुपर्ने ४२ लाख ५८ हजार रहेको छ । प्रमाण पेश गर्नुपर्ने ८९ लाख १८ हजार नियमित गर्नुपर्ने ५६ लाख ३ हजार, जिम्मेवारी १ लाख ४२ हजार रहेको छ भने पेस्की ४ लाख १० हजार रहेको छ ।

माण्डवी गाउँपालिकाको १ करोड ६४ लाख ५ हजार बेरुजु रहेको छ । जसमध्ये अशुल गर्नुपर्ने ७ लाख ९७ हजार रहेको छ । नियमित गर्नुपर्ने ९५ लाख ९४ हजार, प्रमाण पेश गर्नुपर्ने ६० लाख ५४ हजार रहेको छ ।

मल्लरानी गाउँपालिकाको २ करोड ८२ लाख ५ हजार बेरुजु रहेको छ । जसमध्ये अशुल गर्नुपर्ने १ लाख ६४ हजार, नियमत गर्नुपर्ने ५८ हजार ३७, प्रमाण पेश गर्नुपर्ने ५७ लाख ७४ हजार रहेको छ भने पेस्की १ करोड ६४ लाख ३० हजार रहेको छ ।

यसैगरेर झिमरुक गाउँपालिकाको १ करोड १९ लाख ९३ हजार बेरुजु रहेको छ । जसमध्ये अशुल गर्नुपर्ने २३ लाख ९४ हजार रूपैयाँ रहेको छ । प्रमाण पेश गर्नुपर्ने ८१ लाख १० हजार, नियमित गर्नुपर्ने १४ लाख ८९ हजार रहेको छ । गौमुखी गाउँपालिकाको ८ करोड १० लाख ३२ हजार बेरुजु रहेको छ ।

जसमध्ये अशुल गर्नुपर्ने १८ लाख ३८ हजार रहेको छ । प्रमाण पेश गर्नुपर्ने ६ करोड ३३ लाख ७९ हजार, नियमित गर्नुपर्ने ७९ लाख ७० हजार र पेस्की ७८ लाख ४५ हजार रहेको छ भने ऐरावती गाउँपालिकामा १ करोड ३२ लाख ४ हजार बेरुजु रहेको छ ।

जसमध्ये अशुल गर्नुपर्ने ५ लाख १५ हजार रहेको छ । प्रमाण पेश गर्नुपर्ने १ करोड २५ लाख ८३ हजार, नियमित गर्नुपर्ने १ लाख ६ हजार रूपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *