२०८१ चैत्र ९ गते शनिवार

बालात्कारबाट १२ बर्षीया बालिका गर्भबति – पेटमा १० हप्ताको बच्चा

दाङ, भदौ २१ । रुकुम पश्चिममा बालत्कारमा परेकी एक जना १२ बर्षीया बालिका गर्भबति भएकी छन् ।
आठबिसकोट नगरपालिका वडा नं. ११ स्थित सिस्ने हिमाल बालगृहमा बस्दै आएकी स्थानीय १२ बर्षीया बालिका सोही नगरपालिका वडा नं. १० का वडाध्यक्षका छोरा २२ बर्षीय रबि भनिने कुस्माकर चनाराले आँफुलाई पटक – पटक बलात्कार गर्दै आएको पीडित बालिकाले जोहरीमा उल्लेख गरेकी छन् ।

रबि आठबिसकोट नगरपालिका वडा नं. १० का वडाध्यक्ष गंगाराम चदाराका छोरा हुन । उक्त सिस्ने हिमाल बालगृह रबिकी आमा तथा वडाध्यक्षकी श्रीमती सुनिता चदाराले सञ्चालन गर्दै आएकी छन् ।

ती बालिकाको पेटमा १० महिनाको गर्भ रहेको तथ्य आठबिसकोट नगर अस्पतालमा भदौ १९ गते स्वास्थ्य परीक्षण रिपोर्टले प्रमाणित गरेको छ ।

२०७७ सालको लकडाउनको समयदेखि रबिले आँफुमाथि पटक – पटक जबरजस्ती करण गर्दै आएको र कतै भनेमा ज्यान मार्ने धम्कि दिने गरेको पीडित बालिकाले जाहेरीमा उल्लेख गरेकी छन् ।

स्रोतका अनुसार गभीबति भएकी बालिका नेकपा माओबादीका नेता तथा अर्थमन्त्री जर्नादन शर्माले धर्मे छोरी बनाएर बालगृहमा राख्न लगाएका थिए ।

बालगृह असहाय बालबालिकालाई संरक्षण गर्दै उनीहरुलाई शिक्षा दिक्षा दिन भनेर खोलीको संस्था हो ।

जस्को उद्घाटन अर्थमन्त्री शर्माले गरेका थिए । पीडित बालिका २०७४ सालदेखि नै उक्त बालगृहमा बसेको तथा कक्षा ३ देखि पढ्दै आएको कुरा निबेदनमा उल्ेलख गरेकी छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *