२०८१ चैत्र ९ गते शनिवार

जन्मदिनको केक खाँदा प्यूठानमा १३ जना बिरामी

प्यूठान,भदौ २० । जन्मदिन मनाउने क्रममा केक खाँदा प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा १३ जना बिरामी परेका छन् ।

स्थानीयवासी ६९ वर्षीय एक बहादुर गुरुङ्को जन्मदिनमा मंगलबार राति केक खाएका १३ जना बिरामी भएका हुन् ।

जन्मदिन मनाउन आएका गुरुङका आफन्ती र उनको परिवार बिरामी परेको स्थानिय राजकुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार बिरामी पर्नेमा एक बहादुर गुरुङ उनकी श्रीमती कुमारी गुरूङ, छोरा गमान सिंह गुरूङ सहित बिष्णु गुरूङ, राजकुमार बिष्ट, शर्मिला गुरूङ, ठग बहादुर गुरूङ, बिजय गुरूङ, यमुना गुरूङ, केशव गुरूङ, कृष्णा गुरूङ, तिर्सना गुरूङ र अप्सना गुरूङ रहेका छन।

केक खाएको भोलिपल्ट झाडापखाला र बान्ता हुने तथा टाउको दुखेपछि सबैलाई स्थानीय मेडिकलमा भर्ना गरिएको थियो। बिरामी परेका मध्ये १२ जनालाई अस्पतालले चार दिनपछी डिस्चार्ज गरेको गुरुङले बताए ।

कुमारी गुरूङको भने बुटवल स्थित तिलोत्तमा अस्पतालमा उपचार भइरहेको छ । गुरुङका अनुसार यो घटना भदौ १५ गतेको हो। केक खाएका सबैलाई खाद्य विषाक्त भएको अस्पतालले जनाएको छ ।

केक बिक्रि गर्ने ब्यापारीलाई कानुनी कारवाहीका लागि प्रहरीमा उजुरी गर्ने तयारी गुरुङ परिवारले गरेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *