काठमाडौँ,भदौ २० । सरकारले संघीय संसदको अधिवेशन भदौ २३ गते ४ बजेका लागि बोलाउन सिफारिस गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते बुधबार ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै बैठक बोलाउन आह्वान गरेको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
सरकारको सिफारिसपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन् ।
गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेको थियो । त्यसलगत्तै सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो ।
प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार