२०८२ जेष्ठ ११ गते शुक्रवार

सिस्ने खोलाको पुल निर्माण कम्पनीका प्रतिनिधि बिरुद्ध साउनमै पक्राउ पूर्जी जारी

तुलसीपुर, भदौ १७ । जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा बिलम्ब गर्ने ठेकेदारका बिरुद्ध साउनमै पक्राउ पूर्जी जारी गरेको तथ्य उजागर भएको छ ।

पुल निर्माण कम्पनीका प्रतिनिधि यज्ञ केसी बिरुद्ध साउन २५ गते स्थानीय प्रशासनले पक्राउ पूर्जी जारी गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

घोराही–लमही सडक खण्डमा पर्ने सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा घोराहकिा चार जना महिलाको मृत्यु भएपछि फेरि केसीको खोजी कार्य तीब्र पारिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए् ।

‘ पक्राउ पूर्जी जारी भए लगतै केसी फरार रहेका छन्,’ प्रजिअ कुरुम्बाङले भने ‘ अब केसीलाई पक्राउ गरि कानुन बमोजिम कारबाही गरिने छ ।’

नेपालगञ्जबाट तीजको सपिङ गरि फर्किने क्रममा बुधबार राति सिस्ने कार खोलाले बगाउँदा त्यसमा सवार चार जना घोराहीका महिलाको मृत्यु भएको थियो । जसमा परि चालकी श्रीमति, साली र वडा सदस्यकी श्रीमति तथा छोरीको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक गम्भीर घाइते रहेको प्रहरीले जानकारी दिएको छ । घाइते चालकको उपचार जारी छ ।

झन्डै एक महिना अगाडि मात्रै सिस्ने खोलाको पुल निर्माणको जिम्मा लिएको एडभञ्जर÷ जेबी÷जेभीका प्रतिनिधि केसीलाई प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निर्माणको काम छिटो पुरा गर्न सचेत तुल्याएको बताए ।

केसीलाई सम्झौता अनुसार पुल निर्माणको काम छिटो गर्न स्वएंम पुल निर्माण भइरहेको ठाउँमै पुगेर सचेत तुल्याएको भएपनि साइटमा गएर संझौैता अनुसार पुल निर्माणको काम गरेको नदेखिएको हुँदा पक्राउ पूर्जी जारी गर्नु परेको प्रजिअ कुरुम्बाङले जानकारी दिए ।

निर्माण कम्पनीले २०७४ फागुनमा सम्झौंता भएर निर्माण कम्पनीले काम थालेको डिभिजन सडक कार्यालय घोराहीका इञ्जिनियर अनिल सुबेदीले जानकारी दिए ।
उनका अनुसार झन्डै ९ करोड लागतमा निर्माणाधिन पुल गत असारमै सक्नु पर्ने सम्झौंतामा उल्लेख छ ।

म्याद थप भएर गत असारमै सक्नुपर्ने सम्झौंतामा उल्लेख रहेको इञ्जिनियर सुबेदीले बताए । ७० मिटर लम्बाईको दूई स्यानको प्रिस्टेज उक्त पुल कोरोनाको कारण देखाउँदै म्याद थप भएको थियो ।

 

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *