२०८२ कार्तिक २१ गते शुक्रवार

तुलसीपुर ११ मा बुद्धिराम भण्डारी र डिल्लीबहादुर बस्नेतको अलग÷अलग टिम भोट माग्न घर दैलोमा

तुलसीपुर, भदौ १६ । तुलसीपुर उपमहानगरपालिका वडा नं.११ दाङ निर्वाचन क्षेत्र नं. ३ को सबैभन्दा बढी प्रतिनिधि आउने वडा हो ।

यो वडाबाट सभापतिसहित झन्डै ४६ जना प्रतिनिधि निर्वाचित भएर आउँदैछन् । जहाँ ४ सय ९७ जना क्रियासिल सदस्य बुधबारसम्म टुँगो लागेको छ ।

कतिपयले तुलसीपुर ११ नम्बर वडा जिल्लाकै सबैभन्दा धेरै प्रतिनिधि आउने मध्यको एक वडा रहेको बताउँछन् । वडा नम्बर ११ धेरै प्रतिनिधि आउन लागेको भनेर मात्रै चर्चामा छैन ।

यतिखेर यही वडाबाट प्रतिनिधित्व गर्ने तुलसीपुरकै प्रतिष्ठित उद्योगपति डिल्लीबहादुर बस्नेत र संविधान सभाका सदस्य बुद्धिराम भण्डारीको अलग÷अलग गुट निर्माण भइ आँफु पक्षधरलाई निर्वाचित गराउन आग्रहका साथ घर दैलोमा जानुले पनि धेरैको ध्यान केन्द्रित गरेको छ ।

बुधबार भण्डारी पक्षधर समुहले वडाको उरहरी गाउँ क्षेत्रमा घर दैलो गरि आफ्नो पक्षमा भोट मागेको छ । बस्नेत पक्षधरले वडाको कटाँहा, मालेडाँडा, हस्नापुर क्षेत्रमा दिनभर भोट माग्दै घर दैलो गरेको छ ।

दुबै समुह आफ्नो पक्षमा माहोल देखाउन एक डेढ सय जनाको समुह बनाएर हिडेका छन् । यो सबै दृष्य हेर्दा राष्ट्रिय निर्वाचनको झझल्को आउने गरेको स्थानीयले प्रतिक्रिया दिएका छन् । भण्डारीको तर्फबाट वडा सभापतिको उम्मेदवार उरहरीका हेमबहादुर वली बनाइएका छन् ।

त्यस्तै बस्नेतको तर्फबाट मोतिपुर गाउँका तिर्थबहादुर बस्नेत (महेन्द्र) उम्मेदवार छन् । उद्योगपति डिल्लीबहादुर बस्नेत आँफैले यो टिमको नेतृत्व गरेका छन् ।

उनी आँफै घर दैलो गर्दै आफ्नो समुहको पक्षमा भोट मााग्दै हिडेका छन् । यो सहुममा वडा नं.११ का वडाध्यक्ष चित्रबहादुर वली, नेपाली काँग्रेसका पूर्व वडा इकाई सभापति अर्जुनबहादुर केसी, भक्तबहादुर केसी, जागेश्वर खड्का लगाएका नेताहरु भोट माग्दै हिडेका छन् ।

त्यस्तै अर्कौ समुह परिचालनको नेतृत्व बुद्धिराम भण्डारीका छोरा रमेशबहादुर भण्डारीले गरेका छन् ।

यो समुहमा निर्वाचन क्षेत्र नं. ३ ९ख०का सभापति खिमबहादुर वली, होमप्रकाश गौतम, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष धुर्व आचार्य, क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रमेश मल्ल लगाएको समुह आफ्नो पक्षमा भोट माग्दै हिडेको छ ।

‘भण्डारी र बस्नेतको यसअघि पनि यो वडामा अलग ÷ अलग सहुम रहँदै आएको थियो । त्यही पुरानै टिमलाई थप मजबुत बनाउने दाउमा बस्नेत र भण्डारी लागेको देखिन्छ,’ स्थानीय एक काँग्रेसका नेताले भने ‘ यो लडाई जुँगाको लडाई बनाउन खोजिएको मात्रै हो । मोतिपुर र सुकौराको जमिन्दार बीचको लडाई हो ।’

यर्थाथमा भण्डारी र बस्नेत दुबै खुमबहादुर खड्कालाई आदर्ष मान्ने नेताहरु हुन । तर, ती नेताका अनुसार अहिले भण्डारीले आफ्नो लाईन बलियो बनाउनकै लागि मात्रै भएपनि वडा तहमा अर्कै लाइनका अरुपमा आँफुलाई उभ्याउन खोजेको आभास हुने गरेको ती नेताले तर्क गरे ।

‘म आज तुलसीपुर बजारतिर पनि गएको थिए, त्यहाँ यस्तो केही माहोल देखिन,’ ती नेताले भने ‘सायद दाङ जिल्लामा यत्तिको गुटगत राजनीति अन्त कतै छ जस्तो मलाई लाग्दैन ।’

बस्नेत समुह नेता गेहेन्द्र गिरीको नजिक र भण्डारी समुह केन्द्रीय सदस्य दीपक गिरीको नजिकको जस्तै देखिएको ती नेताले बताए ।

के सर्वसहमति संभव छ ?
तुलसीपुरकै वडा नं. १ र ४ मा सम्पूर्ण पदहरुमा लगभग सर्वसहमति भइसकेको खवरहरु सुन्नमा आउन थालेका छन् । यद्यपी त्यसको औपचारिक घोषणा भने निर्वाचनको दिन मात्रै हुने छ ।

तुलसीपुर ११ को अवस्था त्यस्तो हुन सक्छ रु संबाददाताले प्रश्न गर्दा ती नेताले भने ‘ राजनीति संभावनाको खेल हो र संभावना नकार्न मिल्दैन ।’ दुबै पक्षले आँफुलाई सशक्त देखाएर अर्कौलाई तर्साउन र झुकाउन खोजेको अवस्था अहिले वडामा रहेको उनले तर्क गरे ।

‘ अहिले तपाँईसंग कुरागर्दै गर्दा बुद्धिरामजीले अर्जुनबहादुर केसी र उमेश बस्नेतजीलाई सहमतिका लागि छलफल गर्न बोलाउनु भएको छ,’ उनले भने ‘ कुरा मिल्छ मिल्दैन थाहाँ छैन, तर, राजनीतिमा यो एउटा निकै सकारात्मक पक्ष मान्न सकिन्छ ।’

उनले पार्टीको आन्तरिक जीवनमा हुने महाधिबेशनहरु उत्सब जस्तै रहेको भन्दै त्यसमा आँफुलाई स्थापित गर्न सौहार्दपूर्ण रुपमा लोकतान्त्रिक बिधि र पद्धति अबलम्बन गर्नु पर्ने तर्क गरे ।

अधिबेशन असल नेतृत्व चुन्न तर्फ लाग्नु पर्ने भन्दै उनले रिसिबी र मनमुटाव युक्त निर्वाचन पार्टीको आन्तरिक जीवनमा हुन नहुने बताए ।

‘यदी त्यस्तो अवस्थाले कसैले आज एउटा पक्षलाई खुल्याई नै हाले छ भनेपनि आम निर्वाचनमा त्यो तुस अर्कौ समुहले पालेर बसे त्यो सहुलाई पनि गाह्रो हुन सक्छ,’ उनले भने ‘ हामी सबै असल काँग्रेस निर्माण गर्ने अभियानमा जुटेका हौं भने असल र इमान्दार नेतृत्व चुन्न हाम्रो मत प्रयोग हुन जरुरी छ ।’

नेपाली काँग्रेसले यही भदौ १८ गते वडा र नगर अधिबेशनको मिति तोकेको भएपनि परिस्थिति नियाल्दा भदौ २२÷२३ गतेसम्म निर्वाचन हुने आँकलनहरु हुन थालेका छन् ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *