२०८१ असार ३ गते आइतवार

भन्सार छलि ल्याउँदै गरेका लत्ताकपडा र मोटरसाईकलका पाटपूर्जा बरामद

दाङ, भदौ १६ । बाँके प्रहरीले कपडा लगाएत झन्डै डेढ लाखको भन्सार छलिको सामान बरामद गरेको छ ।

नेपालगञ्ज उपमानगरपालिका वडा नं. १६ जयसपुरबाट बेवारिसे अवस्थामा छोडेर भागेका कपडा र मोटरसाईकलका पाटपूर्जा प्रहरीले बरामद गरेको हो ।

भारतबाट भन्सार छलिका सामान नाका हुँदै नेपाल भित्र्याउँदै गरेको सूचनाको आधारमा खटिएको प्रहरीलाई देखेर मानिसहरु भागेपछि लत्ताकपडा र मोटरसाईकलका पाटपूर्जासहित एक लाख ४८ हजार जतिको सरसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीले ती सामान मंगलबार नियन्त्रणमा लिएको थियो । बरामद सामाग्री आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *