२०८१ जेष्ठ ३० गते बुधवार

तुलसीपुरका थारु महिलाले उल्लास पूर्वक अष्टमी पूर्व मनाए 

तुलसीपुर, भदौ १५ । दाङका थारु समुदायले कृष्ण जन्म अष्टमी पर्व हर्षौ उल्लास पूर्वक मनाएका छन् ।

जन्म अष्टमीको अवसरमा किशोरी सुयोग्य बर पाउन भनेर र महिलाहरु श्रीमानको दिर्घ जीवनको कामनाका साथ बर्त बस्ने गर्छन ।

अन्तिम दिन सोमबार त्यसरी बर्त बसेका महिलाहरुले सामुहिक रुपमा नजिकैको नदी, खोला वा जलासयमा पूजा सामाग्री सेलाउने गर्छन ।

सोमबार बिहान तुलसीपुरको अटो भिलेज नजिकैको पातुखोलामा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुर्मीगाउँका महिला तथा किशोरीहरुले सामुहिक रुपमा पूजा सामाग्री सेलाउँदै बर्तको बिधिबत रुपमा समापन गरेका छन् ।

नदी वा खोलामा त्यही बल्दै गरेका दियाहरु उनीहरु बगाउने गर्छन । सालको टपरीमाथि राखिएका ती दियाहरु त्यसमा पानी नभरीदा सम्म बल्दै बगिरहन्छन् ।

फूलपाती सेलाएर रमाउँदै पुनः घर फर्किने गर्छन । घरमा अग्नि देवताको पूजा (आगोको पूजा)गरी सकेपछि पकाएको मीठा परिकार दाजु भाइको लागि छुट्याएर बर्तालुले खाने गर्छन ।

भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा यो पर्व पर्ने हुँदा थारु भाषामा यसलाई ‘अष्टिम्की’ भन्ने गरिन्छ। अघिल्लो दिन किशोरीहरु राम्रो श्रीमान पाउँ भन्नका लागि र महिलाहरु श्रीमानको स्वस्वास्थ्य तथा दिर्घायूको कामनार्थ दिनभर बत्र्त बस्छन् । बेलुका सात बजेदेखि पूजा सुरु हुन्छ ।

रातभर कृष्ण लिला सम्बन्धि गीत गाउने प्रचलन छ । सबै जना बत्ति बालेर जागराम बस्छन् ।
पूजा गरि सकेपछि दही, फलफूल आफ्नो दाजु भाइलाई छुट्याउने प्रचलन छ ।

यसरी हेर्दा अष्टमीको दोस्रो दिन बिहान थारू समुदायका लागि महत्वपूर्ण दिन मान्ने गरिन्छ । रातभरि जाग्राम बसेका महिलाहरू बिहानै भाले डाको सँगै उठेर भान्सामा पसेर पकाउन सुरु गर्छन ।

उनीहरु सात प्रकारको तरकारी पकाउँछन् । गेडागुडी, सागपातको तरकारी पकाउने प्रचलन छ। अन्य पर्वमा थारु समुदायले माछा मासुलाई महत्व दिने गरेता पनि यो पर्वमा भने सागपातलाई विशेष प्राथमिकता दिने गरिन्छ।

उज्यालो भएसँगै पुनः कृष्णको पूजा सुरु गर्छन । पूजा सकेपछि मौलिक भेषभूषामा महिलाहरु सजिएर लामबद्ध तरिकाले अष्टिम्की पूजा सामग्रीलाई गाउँको अगुवाको घरतिर लैजान्छन ।

पूजा सकेपछि सामूहिक रूपमा सबैजना मिलेर नजिकैको जलाशय, खोला, नदी, तालमा फूलपाती सेलाउन (बगाउन) जान्छन ।

त्यसरी जाँदा उनीहरुले सालको पातको टपरीमा बिभिन्न पूजा सामाग्रीका साथमा टाउकोमाथि टिलपिल बलिरहेका ‘दिया’ दियोहरु बोकेर हिडेका हुन्छन् ।

 

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *