२०८१ चैत्र १४ गते बिहिवार

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

काठमाडौं, भदौ १५ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। मंगलबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद विस्तार र दलहरूले पाउने मन्त्रालय टुंग्याउने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले गठबन्धनमा रहेका दलहरूको बैठक जारी रहेको बताए।

गठबन्धन बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाललगायत छन्।

गठबन्धनका शीर्ष नेतासहित नेताहरू सोमबार पनि बालुवाटारमा छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

कांग्रेसबाट दुई जना मन्त्री, एक राज्यमन्त्री र माओवादीबाट दुई जना मन्त्री मात्रै सहभागी गराएर देउवाले मन्त्रिमण्डल बनाएका थिए।

जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादी दल पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ। सबै दललाई मन्त्रालय भागबन्डा गरेर मात्रै देउवाले मन्त्रिमन्डल विस्तार गर्न लागेका छन्।

अन्य दलले मन्त्रीहरूका नाम नदिएकोले मात्रै मन्त्रीमण्डल विस्तारमा ढिलाइ भइरहेको कांग्रेसका नेताहरू बताउँछन्। प्रधानमन्त्री देउवाले कांग्रेसभित्रबाट क–कसलाई मन्त्री बनाउने भन्ने पनि यकिन गरिसकेका छैनन्।

 

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *