खेमराज रिजाल, लमही, भदौ १२ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले नेपाली कांग्रेसको चौधौं महाधिवेशन तोकिएकै कार्यतालिका अनुसार यहि भदौ १८ गतेदेखि हुने बताएका छन् ।
कांग्रेस नेतृ स्वर्गिय यवादेवि घिमिरेको निधनमा शोक व्यक्तगर्न दाङ आएका नेता महतले गोरक्षसंग कुरागर्दै अव अधिवेशनको मिति नसर्ने बताए ।
‘आजका मितिसम्म ४८ जिल्लाको क्रियाशिल सदस्यको विवाद सवै मिलिसक्यो, यी जिल्लाहरुमा संभवतः भोलि साझ सम्म निर्वाचन अधिकृतहरु आइपुग्ने छन्, ढुक्क भएर अधिवेशनमा नेतृत्व चुन्न जुट्न आग्रह गर्दछु’, नेता महतले भने ।
साथै उनले बांकि जिल्लामा पनि विवाद समाधान समितिले मिलाउन नसकेका विषयमा अर्को समिति बनेर छलफल टुंग्याउने काम भैरहेको पनि बताए ।
बांकी जिल्लाको क्रियाशिल सदस्यताको विवाद पनि दूई दिन भित्रै मिलिसक्ने उनको दावी थियो ।
कुनै दुर्गम जिल्लामा निर्वाचन अधिकृत पुग्न ढिला भएको अवस्थामा निर्वाचन अधिकृतकै तज्वीजमा एक÷दुइ दिन अधिवेशनको मिति सर्न सक्ने पनि उनको अभिव्यक्ति थियो ।
सहमहामन्त्री महतले नेपाली कांग्रेसको नेतृत्वको सरकारले दुइदिनभित्रै पुर्णता पाउने पनि दावी गरे ।
मानव नेपालको पार्टिको बैधानिकतालाइ प्रतिक्षा गरीरहंदा सरकारलाइ पुर्णाकार दिन केहि समय लागेको भन्दै अव माधव नेपालको पार्टिको बैधानिकता पनि स्थापित भैसकेकाले यो विषय छिट्टै टुंगिने पनि बताए ।
‘लोकतन्त्रको रक्षा र कुशासनको अन्त गर्नकालागी वर्तमान सरकारको नेतृत्व लिन कांग्रेस बाध्य भयो, यद्धपि त्यति धेरै वहुमत भएर होइन, नेता महतले भने, त्यसकारण पनि अव कांग्रेसका भागमा धेरै मन्त्रालयहरु पर्न सक्ने छैनन् भन्नेमा ढुक्क रहन पनि आग्रह गर्दछु ।’
आइतवार सम्म कुन मन्त्रालय कसलाइ दिने भन्ने अन्तिम टुंगो लागीसक्ने पनि उनको तर्क थियो ।
यो सरकारका मुख्य दायित्व भनेका खोपबाट जनतालाइ सुरक्षा प्रदान गर्नु, कुशासनको अन्तगरी मुलुकमा सुशानसनको जग बसाल्नु तथा प्राप्त श्रोतसाधनको अधिक्तम उपयोग गरी सिमान्तिकृत समुदायसम्म आवस्यकताका आधारमा वितरण गर्नु रहेको पनि उनले बताए ।
कांग्रेस नेतृत्वको नयां सरकार गठन हुनेवित्तिकै आम नेपालीहरुको दैनिकिमा धेरै सहजता प्राप्त भएको पनि उनले बताए ।
पछिल्लो समय नेपालको राजनितिका सन्दर्भमा बैदेशिक सहयाता र दृष्टिकोण समेत गोलमटोल भैरहेको बताउंदै नेता महतले वर्तमान देउवा नेतृत्वको सरकार सन्तुलित विदेश नितिकालागी प्रतिवद्ध रहेको उल्लेख गरे ।
‘हामी सवै मित्रराष्ट्रहरुसंग समान व्यवहारको निति अपनाउन चाहन्छौं, राष्ट्र र राष्ट्रियताका विषयमा कुनैपनि कम्प्रोमाइज हुन सक्दैन’, विदेश नितिका सन्दर्भमा नेता महतले गोरक्षसित भने ।
सरकारसंग धेरै खोप स्टक रहेको अवस्थामा पनि आम नागरीकहरुले खोपसेवा पाउन अझै समस्या भएको सन्दर्भमा नेता महतले अव खोपको समस्या क्रमिक रुपमा समाधान हुने बताए ।
‘कहि फेरी तोकिएको समयमा खोप पाउन नसकेर दोसे डोज खोप पु¥याउन समस्या हुन्छकि भनेर दोस्रो डोजकालागी समेत स्टक राखिएको हो, तर अव खोप आउने धेरै मार्गहरु पहिचान भैसकेकाले चांडैनै स्टकमा रहेका खोपहरु आवस्यकता अनुसार लक्षित समुहमा लगाइने छ’,–नेता महतले भने ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले आम नेपालीका लागि आवस्यक खोप ल्याउनकालागी कुटनितिक पहल गरीरहेको बताउंदै उनले संभवतः दशै अगाडि सम्म आधा भन्दा बढी नेपालीलाइ खोप लगाइसक्ने दावी गरे ।
अनुदान र सहयोगको खोपले मात्रै पुगेन भने सरकारले खरीद गरेरै पनि सक्दो चांडो आम नेपालीहरुलाइ निशुल्क रुपमा खोप उपलव्ध गराउने पनि उनको दावी थियो ।
अहिले सहमहामन्त्री रहेका नेता महतले आगामि महाधिवेशनमा आफ्नो हैसियत के हुने भन्ने विषयमा भने केहि बोल्न चाहेनन् ।
अझै समय बांकि रहेकाले पाटीका नेताहरुसंग छलफल र सरसल्लाह गरेर आफुले आगामि महाधिवेशनमा उम्मेदवारी दिने पनि उनको अभिव्यक्ति थियो ।