बाँके,भदौ १२ । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ ।
शुक्रबार बेलुका विरामी भएर ब्लड प्रेसर घटेपछि उनलाई नेपालगञ्ज नर्सिङ होममा लगिएको थियो ।
उपचारका क्रममा यादवको गयराती १ बजे मृत्यु भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वसबहादुर रानाले बताए।
२०७४ सालको स्थानिय चुनावमा उनी नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।
प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार