२०८१ असार ८ गते शुक्रवार

दाङमा अस्पतालहरुमा भाइरोल ज्वरोका बिरामीको चाप

तुलसीपुर, भदौ १० । दाङमा यतिखेर भाइरल ज्वरो र टाइफाइडका बिरामीको संख्या ह्वात्तै बढेको छ ।

मौसम परिवर्तनसँगैै जिल्लाका अस्पतालहरु भाइरल ज्वरोका बिरामीहरु खचाखच भरिएका छन् । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल लगायत अन्य स्वास्थ्य संस्थाहरुमा रुघाखोकी र ज्वरोका बिरामीको चाप बढेको छ ।

तुलसीपुर बसपार्कको सौगात मेडिकलमा कार्यरत चिकित्सक कर्णबहादुर केसीले पछिल्लो समय अधिकाँस बिरामी भाइरल ज्वरोका आउने गरेको बताए ।

भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका र जेष्ट नागरिक प्रभावित भएका छन् । राप्तीप्रादेशिक अस्पतालमा दैनिक आउने बिरामी मध्ये ६० प्रतिशत बढी भाइरल ज्वरोका बिरामीहरु आउने गरेका छन् ।

अस्पतालका डा.प्रदीप निरौलाका अनुसार धेरै बिरामीमा कोरोनासंग मिल्दोजुल्दो लक्षण भएपनि अधिकाँसले कोरोना परीक्षण गर्न मान्दैनन् ।

जिल्लाका अन्य अस्पतालहरुमा पनि हल्का ज्वरो आउने, टाउको, घाँटी, हात खुट्टा दुख्ने, रुघाखोकी लागेका, वाकवाकी हुने, जीउ दुख्ने लगायत लक्षण भएका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भाइरल ज्वरो सरुवा रोग हो ।

मास्कको प्रयोग गर्नुका साथै सरसफाईमा बिषेश ध्यानदिन सके यस्ता सरुवा रोगहरुबाट जोगिन सहज हुने राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। बिनोद सिंहको सल्लाह छ ।

मौसम परिवर्तनको समयमा हरेक बर्ष भाइरल ज्वरो, रुघाखोकी, झाडा पखाला जस्ता रोगहरुको संक्रमन ह्वात्तै बढ्ने भएको हुँदा आफ्नो ब्यक्तिगत सरसफाई र खान पानमा ध्यान दिन चिकित्सकहरु सुझाउने गर्छन ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *