२०८१ जेष्ठ ३० गते बुधवार

दाजु भाइलाई खुकुरी प्रहार गर्ने ‘सन्ते’सहित तीन जना पक्राउ

दाङ, भदौ ९ । नेपालगञ्जका दूई दाजु भाईलाई ज्यान लिने उदेश्यका साथ आक्रमण गरेको अभियोगमा फरार रहँदै आएका वशन्त रावत ९सन्ते० र उनका साथीहरु पक्राउ परेका छन् ।

साउन २४ गते बिहान २ बजेतिर नेपालगगञ्ज उपमहानगरपालिका वडा नं. २० थपुवाका १७ वर्षी पुरन विक र १८ बर्षका टेकबहादुर विक दाजुभाई सुतेको अवस्थामा घर भित्रैबाट निकालेर ज्यान लिने उदेश्यका साथ ‘सन्ते’ र उनको समुहले आक्रमण गरेको थियो ।

घाइते बिक दाजुभाईको केही समय काठमाडौंमा उपचारपछि हाल नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।

रावतको नेतृत्वमा १०/ १२ जना युवाको समुहले मध्यरातमा खुँडा, खुकुरी लगाएतका घरेलु हात हतियारले आक्रण गरि सक्त घाइते तुल्याई नजिकै झाडीमा लगेर अचेत अवस्थामा फालेको अवस्थामा उद्धार गरि प्रहरीले अस्पताल पु¥याएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले पत्रकार सम्मेलनमा जानमारी दिए ।

घटनामा संलग्न मध्य ४ जना यसअघि नै पक्राउ परि सकेका थिए । तर, घटनाका मुख्य योजनाकार भनिएका ‘सन्ते’ सहित केही युवाहरु भने फरार रहँदै आएका थिए ।

उनीहरु लुकिछिपी सुर्खेत जिल्लामा बस्दै आएको भन्ने गोप्य सूचनाका आधारमा कोहलपुरबाट खटिएको सादा पोशाकको प्रहरीले पक्राउ गरि कोहलपुर ल्याएर बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ‘सन्ते’ सहित २० वर्षीय प्रकाश बुढा र नविन थापालाई पनि प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ ।

घटनापछि ‘सन्ते’ र उनको समुहका साथीहर विदेश जाने प्रयास गरेपनि प्रहरीकै कारण भिसा रद्द भएको हुँदा भाग्न नपाएको प्रहरीको दाबी छ ।

उनीहरु भागेर भारत पुगेको भएपनि फेरि फर्केर आएको प्रहरीले जनाएको छ ।

‘सन्ते’को समुहले नेपालगञ्ज २० कै गीता रोकाको घरको ढोका फोडी नगद, सुनका गरगहना तथा अन्य जिन्सी सामानहरु लुटपाट गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *