तुलसीपुर,भदौ ९ । दाङ जिल्ला फोटो ग्राफर एशोसिएशन तुलसीपुर शाखाको अधिबेशन असोज २ गते हुने भएको छ ।
शाखा अध्यक्ष सुरजजंग रायमाझिको अध्यक्षतामा तुलसीपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लाको साधारण सभा तथा अधिबेशन पनि असोज २ गते हुन लागेको हुदा सोहि दिन तुलसीपुर शाखाको अधिबेशन हुने भएको शाखाका उपाध्यक्ष सुरेश भट्राइले जानकारी दिए ।
उनका अनुसार बैठकले अधिबेशनलाई मध्यनजर गरि ब्यवसायी नविकरण तथा दर्ता गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी दर रेट अनुसार काम भए नभएकोबारे समिति गठन गरेर अनुगमन गरिने भएको छ ।
उक्त बैठकले विवाह,पार्टी,कार्यक्रमहरुमा फोटो,भिडियोहरु खिच्न जाँदा अनिवार्य रुपमा फोटोग्राफर दाङको परिचय पत्र लगाएर जानुपर्ने निर्णय गरेको पनि उपाध्यक्ष भट्राईले जानकारी दिए ।
बैठकमा फोटो ग्राफर एशोेसियन प्रदेश संयोजक बसन्त जोशी,जिल्ला अध्यक्ष गणेश दंगाल,महासचिव नारायण खनाल लगायतको सहभागीता रहेको थियो ।