२०८१ चैत्र ४ गते सोमवार

माधब नेपाललाई ५४ केन्द्रीय सदस्य र २९ सांसदले नयाँ पार्टी खोल्न स्वीकृति दिए

काठमाडौं, भदौ ९ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता गर्न ५४ केन्द्रीय सदस्य र २९ संघीय सांसदले साथ दिएका छन् ।

बुधबार निर्वाचन आयोगमा पुगेर ५४ केन्द्रीय सदस्य र २९ सांसदले नयाँ नयाँ पार्टी दर्ताको लागि सनाखत गरेका हुन । टुक्रिनु पूर्व एमाले केन्द्रीय कमिटी २०३ सदस्यीय थियो। नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताको माग गर्दै सनाखत गर्नेको संख्या २६ प्रतिसत भन्दा बढी पुग्छ ।

केही दिन अगाडि मात्रै जारी भएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए नयाँ दल दर्ता गर्न सक्ने व्यवस्था रहेको छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले थप चार जना संघीय सांसदहरु समेत नयाँ पार्टीका लागि सनाखद गर्न पुगेको भएपनि उनीहरुले सनाखद गर्न नपाएको जानकारी दिए ।
डिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेका छन् ।

निर्वाचन आयोगका पदाधिकारीले नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजबादी०लाई बुधबार नै नयाँ दल दर्ताको प्रमाण पत्र दिन सकिने बताएका छन् ।

 

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *